मौसम : चिसोबाट बच्न मौसम विभागको अनुरोध

Posted on: 06 Jan, 2024

पुस २१, काठमाडौँ | जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

अहिले कोशी र मधेश प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

दिउँसो कोशी र मधेश प्रदेश लगायत गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

यस्तै, कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

महाशाखाले तराईमा हुस्सु र कुहिरो लागेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने जनाएको छ । यसका साथै देशभरमा चिसो बढ्ने क्रममा रहेकाले यसबाट बच्ने उपाय अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!