आज चाबहिल–बौद्ध क्षेत्रमा चार घण्टा विद्युत आपूर्ति बन्द हुने

Posted on: 06 Jan, 2024

पुस २१, काठमाडौँ | नेपाल विद्युत प्राधिकरणले आज काठमाडौँको चाबहिलदेखि बौद्धलगायत क्षेत्रमा आज विद्युत आपूर्ति बन्द हुने जनाएको छ ।

प्राधिकरणले उक्त क्षेत्रमा विद्युत लाइन मर्मतका लागि बिहान साढे १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत आपूर्ति बन्द हुने जनाएको छ ।

डाँछी फिडर सट डाउन गर्दा चाबहिल प्लाजा, केएल टावर, टुसाल, बौद्ध पिपल बोटदेखि जोरपाटीसम्म विद्युत आपूर्ति बन्द हुने जनाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!