२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बरहथवामा प्रदर्शनकारी र प्रहरीबीच फेरि झडप, पाँच राउन्ड अश्रुग्यास प्रहार

२०८०, २२ पुष आईतवार ०७:५४

पुस २२, सर्लाही | सर्लाहीको बरहथवामा आन्दोलनकारी र प्रहरी झडप फेरि सुरु भएको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले पाँच राउन्ड अश्रुग्यास प्रहार गरेको छ।

बरहथवा नगरपालिकाकी प्रमुख कल्पनाकुमारी कटुवालको घरमा ढुंगामुढा गर्न थालेपछि घर सुरक्षार्थ खटिएका प्रहरीले स्थिति नियन्त्रणमा लिन पाँच राउन्ड अश्रुग्यास प्रहर गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी दीपेन्द्र पन्जियार थारूले बताए। आन्दोलनकारीले मेयरको घर  र प्रहरी कार्यालयमा ढुंगामुढा गरेपछि स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरिएको उनले बताए।


बरहथवामा रहेको १५ शय्याको सरकारी अस्पताललाई स्तरोन्नति गर्नुपर्ने माग गर्दै कांग्रेससहित पाँचदलीय गठबन्धनले जारी राखेको आन्दोलनका क्रममा प्रहरीले चलाएको गोलीले स्थानीय ३० वर्षीय जयशंकर साहको घटनास्थलमै ज्यान गएको तेस्रो दिन पनि शव सडकमै छ।

प्रहरिको गोली लागेर मारिएका युवकको तेस्रो दिन पनि शव उठ्न नपाउँदै राज्यको बेवास्ताविरुद्ध प्रदर्शनकारीले बरहथवा बजारस्थित इप्रका कार्यालयअगाडिको ड्रमले बनाइएको ब्यारिकेट भत्काउँदै प्रहरी कार्यालयमा समेत ढुंगामुढा गरेका छन्।

आन्दोलनरत पक्षधर राज्यको उदासीनताविरुद्ध आक्रोशित बन्दै आइतबार बिहानैदेखि इप्रकाअगाडिको ब्यारिकेट भत्काउँदै ठाउँठाउँमा टायर बालेर प्रदर्शन गर्दै नगर प्रमुख कल्पनाकुमारी कटुवालविरुद्ध चर्का नाराबाजीसमेत गरिरहेका छन्। प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले आइतबार बिहान ८ बजेदेखि बस्न भनिएको वार्ता अहिलेसम्म बस्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी