१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बरहथवा प्रदर्शन: प्रहरीमथि ‘पेट्रोल बम’ प्रहार, प्रदर्शनकारीमाथि अन्धाधुन्ध गोली

२२ पुष २०८०, आईतवार ११:००

पुस २२, काठमाडौँ | सर्लाहीको बरहथवामा आन्दोलनकारीहरूले प्रदर्शन जारी राखेका छन्। स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको भएता पनि आदेशको अवज्ञा गर्दै प्रदर्शन भइरहेको छ।

प्रदर्शनकारीले कर्फ्यु तोड्दै इलाका प्रहरी कार्यालयमा समेत पेट्रोल बमको प्रहार गरेका छन्। जस कारण प्रहरी कार्यालय भित्र रहेको प्रतीक्षालयमा समेत आगजनी भएको छ। 


प्रदर्शनकारी र प्रहरीबिचको झडपले यती बेला बरहथवा तनावग्रस्त बनेको छ। प्रदर्शनकारीहरुले ढुङ्गा मुढाका साथै प्रहरी कार्यालयमा सिसिमा पेट्रोल भरेर प्रहार गर्न थालेपछि प्रहरीले पनि दर्जनौँ टियरग्यास र हवाई फायर गरेका छन्।

ठूलो संख्यामा जम्मा भएका प्रदर्शनकारीहरु सिसिमा पेट्रोल भरेर आगो लगाई प्रहरी कार्यालय तर्फ फाल्न थालेपछि स्थिति नियन्त्रणमा लिन  प्रहरीले अन्धाधुन्ध गोली चलाएकाे छ।

शुक्रबार सर्लाहीको बरहथवा नगरपालिका-६ मा अस्पतालको विषयमा भएको आन्दोलनमा प्रहरीले गोली चलाउँदा बिजुलीको महसुल बुझाउन गएका स्थानीय २८ वर्षीय जयशंकर साहको मृत्यु भएको थियो। सोही विषयलाई लिएर प्रदर्शन भएको हो। आन्दोलनकाे आज तेस्रो दिन सम्म उनको शव उठ्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो