२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

इन्डियन आइडलबाट आउट हुनबाट जोगिइन् मेनुका

२०८०, २३ पुष सोमबार ०७:१०

पुस २३, काठमाडौँ | इन्डियन आइडलमा प्रतिस्पर्धा गरिरहेकी नेपाली गायिका मेनुका पौडेल आउट हुनबाट जोगिएकी छन् । हिजो प्रसारित एपिसोडमा बटम ४ मा परे पनि उनी आउट भइनन् ।

बटम ४ मा मेनुकासहित आद्या, सुखदीप र महिमा परेका थिए । आद्या तेस्रो पटक बटम ४ मा परेकी थिइन् भने मेनुका र महिमा पहिलो पटक । अन्तमा महिमा आउट भइन् । मेनुका जोगिइन् ।

हरेक एपिसोडमा जजहरूको प्रशंसा र स्ट्यान्डिङ ओभेसन पाउँदै आएकी मेनुकाको हिजो प्रस्तुति भने खल्लो भयो । खल्लो हुनुको कारण थियो लिरिक्स भुल्नु । ‘तेरा साया साथ होगा’ बोलको गीतको अन्तरा गाउँदै गर्दा उनले बीचमा लिरिक्स बिर्सिइन् । त्यसपछि उनको तनाव बढ्यो ।


आफूले गाउन नसकेको उनले बताइन् । विशाल डडलानीले अन्तरा फेरि सुरु गर्न सल्लाह दिए । तर, जति प्रयास गर्दा पनि मेनुकाले सकिनन् । अर्की जज श्रेया घोषालले मेनुकालाई सहयोग गर्दै गाएर सुनाइन् । तर, मेनुका गाउन सक्ने अवस्थामा थिइनन् ।

‘म्याम हार्ट बिट हो रहा है’ उनले श्रद्धालाई भनिन् । त्यसपछि म्युजिक बन्द गर्न भनियो । मेनुकाले पानी मगाएर पिइन् । स्टेजमै आएर जजहरू र अतिथि सञ्जय दत्तले उनलाई हौसला दिन खोजे । तर, केही लागेन । अन्ततः मेनुका स्टेजबाटै बाहिरिइन् । स्टेजबाहिर उनलाई चिकित्सकसँग भेटाइयो । चिकित्सकले केही थेरापी गराए । त्यसपछि मेनुका केहीबेरमा स्टेज फर्किइन् । अनि, अधुरो गीतलाई गीतलाई पूरा गरिन् । यद्यपि, आफ्नो नियमित स्पिरिटमा उनले गाउन सकिनन् ।

यो संस्करणमा अहिलेसम्म तीनजना मात्रै आउट भएका छन् । सबैभन्दा पहिले गायत्री, त्यसपछि मैथली र सुरेन्द्र आउट भएका हुन् । इन्डियन आइडलको पछिल्लो तीन एपिसोडमा कोही पनि एलिमिनेट भएका छैनन् । अघिल्लो एपिसोडमा आद्या सबैभन्दा बटममा परेकी थिइन् । तर, जजहरुले ‘पावर कार्ड’ प्रयोग गरेर उनलाई जोगाए । हिजोको एपिसोडमा पनि उनी जोगिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी