त्रिविले सच्यायो कार्यविधि, उपकुलपतिका लागि अर्को सूचना

Posted on: 08 Jan, 2024

पुस २३, काठमाडौँ | त्रिभुवन विश्वविद्यालयले उपकुलपति छनोट तथा सिफारिस सम्बधि कार्यविधि सच्याएको छ । खुला प्रतिस्पर्धा मार्फत उपकुलपति नियुक्त गर्ने गरी ल्याइएको कार्यविधिमा बाहिरका उम्मेदवारले प्रतिस्पर्धा गर्न नपाउने भएपछि त्यसको व्यापक विरोध भएको थियो ।

पुस २० गते दरखास्त आह्वान गरिएको सूचनामा विश्वविद्यालयको पदाधिकारी मध्य कुनै एक पदमा तीन वर्ष काम गरेको हुनुपर्ने प्रावधान राखिएपछि यसको विरोध भएको थियो ।

यसको चौतर्फी विरोध भएपछि प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले विज्ञापनमा कसैलाई पनि बन्देज नहुने गरी फराकिलो मापदण्ड राखेर अर्को सूचना प्रकाशन गर्न निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनपछि समितिले यसअघिको सूचना रद्द गरेर दोस्रो पटक दरखास्त आह्वान गरेको हो ।

आज प्रकाशित भएको दोस्रो सूचनामा उपकुलपतिका लागि इच्छुक र योग्य व्यक्तिबाट ‘त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८०’ बमोजिम १५ दिनभित्र दरखास्त दिन भनिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!