२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रुसी सेनामा भर्ती हुनेका परिवारलाई नै रुसको नागरिकता दिने पुटिनको आदेशले नेपालमाथि थपियो चुनौती

२०८०, २३ पुष सोमबार ११:०८

पुस २३, काठमाडौँ | रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशले नेपालमाथि चुनौती थपिएको छ । गएको बिहीबार अर्थात् पुस १९ गते पुटिनले नयाँ आदेश जारी गरी रुसका निम्ति लड्ने विदेशी नागरिक र उसको परिवारलाई त्यहाँको नागरिकता तथा पासपोर्ट प्रदान गर्ने घोषणा गरेका थिए ।

रुसी सेनामा भर्ती हुने विदेशी नागरिक र उसको परिवारका सदस्यले आवेदन दिएपछि त्यहाँको नागरिकता र पासपोर्ट दिने प्रक्रिया सुरु गरिने आदेशमा उल्लेख छ । यो प्रक्रियाको टुंगो एक महिनामा लाग्ने जनाइएको छ ।

पुटिनले यस्तो बेला नयाँ आदेश जारी गरेका छन्, जति बेला नेपालले त्यहाँको सेनामा भर्ती भएका नेपालीलाई फिर्ता गर्न रुसलाई भनिरहेको छ । नेपालले रुसी सेनामा भर्ती भई मारिएका नेपालीको शव पठाउन, उनीहरूको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन र भर्ती हुनेको पूर्ण विवरण मागिरहेको छ ।


रुसी सेनामा भर्ती हुन जानेलाई रोक्न नेपाल सरकारले अनेक प्रयास गरिरहेको छ । यही बेला पुटिनले नेपालीसहित विदेशी नागरिकलाई आफ्नो सेनामा आकर्षित गर्न नयाँ आदेश जारी गरेका हुन् ।

लुकीछिपी रुसी सेनामा भर्ती हुन जाने नेपालीलाई रोक्न सरकारलाई हम्मेहम्मे परिरहेको छ । पुटिनको नयाँ आदेशले नेपाल सरकार थप अप्ठेरोमा परेको छ ।

पुटिनले रुसी सशस्त्र बल र अरू सैन्य संरचनामा भर्ती हुने विदेशी र उसको परिवारलाई त्यहाँको नागरिकता तथा पासपोर्ट दिने आदेश जारी गरेका हुन् । रुसी सेनामा विदेशीको संख्या बढाउन र युक्रेनसँगको युद्धमा पठाउन रुसी राष्ट्रपतिले नयाँ रणनीति अपनाएका हुन् ।

रुसी सेनामा भर्ती भएका मध्ये १० नेपाली युवा युक्रेनसँगको युद्धमा मारिइसकेका छन् । रुसी सेनामा भर्ती भएका चार नेपालीलाई युद्धका क्रममा नियन्त्रणमा लिई युक्रेनले बन्दी बनाएर राखेको छ । करिब डेढ सय नेपाली परिवारले रुसी सेनामा भर्ती भएका आफ्ना छोरा तथा श्रीमान्लाई फिर्ता ल्याउन परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागमा आवेदन दिएका छन् ।

विभिन्न बहानामा रुस जानेहरू त्यहाँको सेनामा भर्ती हुने गरेको सूचना पाएपछि सरकारले कडाइ गरेको छ । नो अब्जेक्सन सर्टिफिकेट (एनओसी)बिना रुस जान नपाउने नियम सरकारले बनाएको छ । त्यति मात्र होइन, सरकारले रुस र युक्रेन जानेलाई दिँदै आएको श्रम स्वीकृति समते रोकेको छ ।

यसअघि, रुसी सेनामा भर्ती भएको एक वर्ष पुगेपछि मात्र विदेशीलाई त्यहाँको नागरिकता दिने प्रक्रिया अघि बढाइन्थ्यो । पुटिनले जारी गरेको नयाँ आदेशमा भने रुसी सेनामा काम गर्छु भनी एक वर्षको सम्झौता गर्ने विदेशीलाई सुरुमै त्यहाँको नागरिकता दिने प्रावधान राखिएको छ । त्यति मात्र होइन, सेनामा भर्ती हुने विदेशी नागरिकको परिवारले पनि सुरुमै रुसी नागरिकता पाउने व्यवस्था छ ।

रुसी सेनामा कति नेपाली छन्, नेपालसँग यकिन तथ्यांक छैन । केही समयअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी सेनामा २०० भन्दा बढी नेपाली भर्तीको औपचारिक जानकारी प्राप्त भएको बताएका थिए । तर, उनको भनाइलाई पुष्टि गर्ने आधार केही छैन ।

रुसी सेनामा भर्ती भएका केही नेपालीको भनाइलाई आधार मान्दा त्यहाँको सेनामा ठूलो संख्यामा नेपाली आबद्ध भइसकेका छन् । यो संख्या हजारभन्दा माथि छ ।

पुटिनको नयाँ आदेशले सेनामा भर्ती हुनेलाई मात्र होइन, परिवारलाई नै रुसी नागरिकता दिने व्यवस्था गरेपछि यसले नेपाली थप आकर्षित गर्ने र एजेन्ट तथा दलाल पनि अझ सल्बलाउने बुझाइ धेरैको छ ।

“सुरुमै परिवार नै लान पाउने भएपछि यसले थुप्रै नेपालीलाई आकर्षित गर्न सक्ने हाम्रो अनुमान छ । यसलाई जसरी पनि रोक्नुपर्छ । नत्र यसले पछि ठूलै संकट ल्याउँछ,” रुसको मस्कोस्थित नेपाली दूतावासका एक अधिकारीले भने ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी