२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

चितवन हत्या प्रकरण : सम्बन्धमा शंका गरेर पत्नी र भतिजको हत्या

२०८०, २४ पुष मंगलवार ०६:५९

पुस २४, काठमाडौँ |  चितवनको भरतपुर महानगरपालिका १२ मिलनचोक स्थित पूर्व पश्चिम राजमार्गको कल्भर्ट मुनि बोराभित्र बाँधिएको अवस्थामा फेला परेका मृतकहरुको हत्या ३३ वर्षीय अखिलेश भगतले गरेको खुलेको छ।

 गत मंसिर ६ गते दिउँसो साढे १२ बजेतिर जुटका दुईवटा बोरा भित्र दुईवटा शव भेटिए । केरुङ्गा खोला नजिकै सुकुमबासी वस्तीको पारीतर्फ भेटिएको एक महिला र एक पुरुषको शव पहिचान गर्न प्रहरीलाई सकस पर्‍यो । सुरुमा उनीहरूको हुलिया सार्वजनिक गरेको प्रहरीले त्यसको केही दिनपछि अनुहारको स्केच तयार गरी सार्वजनिक गर्‍यो ।


ती स्केच देशभरका प्रहरी निकायमा पठाइयो । तर नेपालमा कहीँकतैबाट आफन्त हराएको खबर नआएपछि प्रहरीले मृतकहरू भारतका हुनसक्ने भन्दै भारतीय प्रहरीसँग सम्पर्क गरिएको थियो । अन्ततः मृतक दुवै जना भारतका भएको र हत्यामा संलग्न व्यक्ति पनि भारतीय नागरिक नै भएको पत्ता लाग्यो ।

डेढ महिनापछि प्रहरीले निकालेको निष्कर्ष छ- हत्या भएकाहरू भारत मोतिहारी फूलवारी सुगौलीका १९ वर्षीय ऋषभकुमार कुशवाह र भारत विहार सुगांव डीह, सुगौली पूर्वी चम्पारणकी ३० वर्षीया अस्मिता भनिने सन्जु देवी हुन् । उनीहरू दुवैको हत्या सन्जुदेवीका श्रीमान ३३ वर्षीय अखिलेश भगतले गरेका थिए । अखिलेश अहिले भारतको सुगौलीस्थित प्रहरी हिरासतमा छन् ।

अखिलेशकी श्रीमती सन्जु र भतिज ऋषभ तरकारी र फलफूलको व्यापारका लागि नेपाल आउने-जाने गरिरहन्थे । उनीहरु अन्तिम पटक दशैंको बेला चितवन आएका थिए । उनीहरु भरतपुर बसपार्कको मिलनचोक नजिकै कोठा भाडामा लिएर बसेका थिए ।

अखिलेशले आफ्नी ३० वर्षीया श्रीमती सन्जु र १९ वर्षीय भतिज ऋषभबीच प्रेम सम्बन्ध रहेको शंका गर्दथे । यो विषयमा उनीहरुबीच बेला-बेला झगडा पनि हुने गरेको थियो । यही क्रममा गत मंसिर २ गते अखिलेशले श्रीमती र भतिजको डेरामै हत्या गरे । त्यसपछि दुई वटा शवलाई दुई वटा अलग-अलग बोरामा प्याक गरे । अनि मंसिर ३ गते साइकलमा लोड गरेर डेरा कोठादेखि करिब ५ सय मिटर टाढा भरतपुर महानगरपालिका वडा नम्बर १२ मा पर्ने मिलनचोकको कल्भर्ट मुनि लगेर फ्याँके ।

मंसिर ६ गते बोराभित्र शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरे । प्रहरी पुगेर हेर्दा बोराभित्र शव थिए । दुवै शव हातखुट्टा क्रस गरेर बाँधेको, मुखमा टेप लगाइदिएको र घाँटीमा सलजस्तो कपडाले कसेको अवस्थामा थिए ।

शव उठाएर भरतपुरको सरकारी अस्पतालमा ल्याएर राखेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । सुरुमा ती शव नेपालीकै हुन सक्ने अनुमान प्रहरीले गरेको थियो । तर मृतकका आफन्त कोही पत्ता लागेनन् । त्यसपछि चितवन प्रहरीले सबै प्रहरी युनिटमा मृतकको स्केच सार्वजनिक गरेर पहिचानका लागि सहयोग मागेको थियो ।

त्यसपछि पनि शवको सनाखत भएन । अनि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको नेतृत्वमा बागमती प्रदेश प्रहरी कार्यालय र चितवन जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले सुक्ष्म अनुसन्धान सुरु गरेको थियो ।

सीसीटीभी फुटेजबाट पत्ता लागेको क्लु

प्रहरीले सीसीटीभी फुटेजबाट अनुसन्धान सुरु गरेको थियो । फुटेजमा सन्जु र ऋषभको डेरा नजिकको सडकबाट मंसिर ३ गते एक व्यक्ति राति १२ बजेर ४५ मिनेट जाँदा साइकलमा बोरा लोड गरेर हिँडेको थियो । सोही व्यक्ति फेरि राति राति १ बजेर १२ मिनेट जाँदा फेरि पनि साइकलमा बोरा लोड गरेर हिँडेको देखियो ।

त्यही फुटेजको आधारमा अनुसन्धान तीव्र पारेको सीआईबीले भारतीय प्रहरीसँग समन्वय गरेको थियो । अन्ततः मृतकको पहिचान पनि भयो र हत्यामा संलग्न व्यक्ति पनि पत्ता लाग्यो ।

केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार मंसिर २ गते श्रीमती र भतिजको हत्या गरेका अखिलेश मंसिर १६ गते भारत भागेका थिए ।

प्रहरीका अनुसार अखिलेशमाथि भारतको प्रहरी थाना सुगौली बिहारमा अपहरण तथा व्यक्ति बेपत्तासम्बन्धी एफआईआर दर्ता थियो । त्यो उनी पुस १६ गते भारतमै पक्राउ परेका थिए ।

अखिलेश हाल भारतको केन्द्रीय कारागृह मोतिहारीमा छन् । उनीसँग बयान लिन नेपाल प्रहरीका एकजना डीएसपी नेतृत्वको टोली मोतीहारी नै पुगेर बयान लिएको थियो । वयानको क्रममा उनले श्रीमती र भतिजको हत्या गरेको स्वीकार गरेको सीआईबीका प्रवक्ता अधिकारीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी