१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हलिउड अभिनेता ब्रुस डर्नले नेपाली फिल्म ‘भूठान’मा अभिनय गर्ने

२४ पुष २०८०, मंगलवार ०७:४९

पुस २४, काठमाडौँ | हलिउड अभिनेता ब्रुस डर्नले नेपाली फिल्म ‘भूठान’मा अभिनय गर्ने भएका छन्।

फिल्म ‘बुलबुल’का निर्देशक विनोद पौडेलले निर्देशन गर्न लागेको नयाँ फिल्म ‘भूठान’ अर्थात् अंग्रेजीमा ‘द वर्ल्डस् ह्याप्पिएस्ट म्यान’मा अभिनेता ब्रुसको मुख्य भूमिका रहनेछ। 

विनोदले एजेन्सीमार्फत् स्क्रिप्ट ब्रुसलाई पठाएका थिए। स्क्रिप्ट मन परेपछि उनले फिल्ममा काम गर्न तयार रहेको निर्देशक पौडेलले बताए। 


सन् १९७९ मा डर्न फिल्म ‘कमिङ होम’बाट ओस्कार अवार्डको मनोनयनमा परेका थिए भने फिल्म ‘नेब्रास्का’का लागि उनले सन् २०१३ मा ‘कान्स फिल्म फेस्टिभल’मा उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए।

ब्रिटिश एकेडेमी फिल्म अवार्ड, जिनी पुरस्कार र गोल्डेन ग्लोब्स अवार्डमा समेत धेरैपटक मनोनयनमा परेका उनले ५० बढी फिल्म तथा टेलिभिजन सिरिजमा अभिनय गरेका छन्।

फिल्ममा यसअघि हरिवंश आचार्य, दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द लामा, ऋचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन लगायत अनुबन्धित भइसकेका छन्। सन् २०१९ मा भुसान फिल्म फेस्टिभलको स्कृप्ट पिचिङ्गमा छानिएको ‘भूठान’मा सुसन प्रजापतिको छायांकन रहनेछ। फिल्म नेपाली र अंग्रेजी भाषामा बन्नेछ।

एलएन अधिकारी र कौशिला खनाल कार्यकारी निर्माता रहेको फिल्ममा दीपक गजमेर लाईन प्रोड्युसरमा छन् भने सन् २०१७ मा हलिउडको ‘ला ला ल्याण्ड’ फिल्मबाट अस्कर जितेका स्टार झाउ पनि एसोशियट निर्मातामा छन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो