मुखमा टेप लगाएर निषेधित क्षेत्र तोड्न गएका डा. गोविन्द केसी प्रहरी नियन्त्रणमा

Posted on: 09 Jan, 2024

पुस २४, काठमाडौँ | मुखमा टेप लगाएर निषेधित क्षेत्र तोड्न गएका डा. गोविन्द केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विभिन्न माग राख्दै माइतीघरको निषेधित क्षेत्रमा प्रदर्शनका लागि प्रवेश गर्न खोज्दा केसीलाई नियन्त्रणमा लिइएको प्रहीले जनाएकाे छ ।

मुखमा टेप लगाएर उनी निषेधित क्षेत्र प्रवेश गर्न खोजेका थिए ।


केसीले सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्यायप्रक्रिया शीघ्र टुंगोमा पुर्‍याउनुपर्ने लगायतका माग राख्दै आएका छन् ।

यस्तै नागरिकको भेला भएर प्रदर्शन गर्न पाउने अधिकार सुनिश्च्ति गर्नुपर्ने, चिकित्सा शिक्षा आयोगका निर्देशकहरुको नियुक्ति सर्वोच्च अदालतबाट रोकिएकाले तत्काल अदालतले वाटो खोली नियुक्ति अघि बढाउनुपर्ने उनको माग छ ।

त्यसैगरी यसअघि भएका सम्झौताहरु कार्यान्वयनमा सरकारको ध्यान नगएको गुनासो पनि केसीले गर्दै आएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!