१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

फोनमा कभर राख्नुहुन्छ ? थाहा पाउनुहोस् यस्ता छन् बेफाइदाहरु

२४ पुष २०८०, मंगलवार ०८:५७

पुस २४, काठमाडौँ | नयाँ फोन किन्ने बित्तिकै हामी फोनको कभर पनि किन्छौँ । फोनको स्क्रिन नकोरियोस् भनेर फोन किन्ने बित्तिकै कभर पनि हेर्न थाल्छौँ । 

फोनमा कभर लगाउँदा फोन सुरक्षित रहने र कोतरिने सम्भावना कम हुने, हातबाट फोन झर्‍यो भने पनि अलि कम क्षति हुने भएकोले हामीहरु फोनमा कभर राख्छौँ । तर  फोनमा कभर लगाउँदाका क्षतिहरु पनि छन् । तपाईँलाई यसबारे थाहा छ ?


फोनमा कभर लगाउँदा फोन तात्ने समस्या देखिन थाल्छ । खासगरी गर्मी मौसममा हर समय फोन कभरले ढाकिरहँदा मोबाइल छिट्टै तात्न थाल्छ । फोन तात्न थाल्यो भने ह्याङ्ग हुन थाल्छ अनि रोकिएर चल्ने जस्ता समस्या देखिन थाल्छ ।

फोनमा कभर लगाउँदा चार्जिङमा पनि समस्या हुने केही रिपोर्टको दाबी छ । फोन तात्न थालेपछि यो राम्ररी चार्ज हुन नसक्ने पनि बताइएको छ ।

फोनमा राम्रो क्वालिटीको कभर लगाइएन भने यसमा ब्याक्टेरिया जम्मा हुन थाल्छ । अझ कभर धातुको छ भने यसका कारण जीपीएस र कम्पासमा समस्या हुन्छ ।

अचेल फोन कमपनीहरुले गजबको डिजाइन भएका ब्याक प्यानलको साथमा नयाँ नयाँ फोन लन्च गरिरहेका छन् । यस्तोमा तपाईँले फोनमा कभर लगाउनु भयो भने सारा लुक छोपिन्छ ।

फोनको सुरक्षाका लागि कभर त लगाउनु पर्छ जस्तो तपाईँलाई लाग्छ भने एउटा काम गर्नुस् । फोन चार्ज गर्ने बेलामा कभर निकालिदिनुस् । गेम खेलिरहेको बेलामा पनि फोनलाई कभरमा नराख्नुस् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो