१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भवन निर्माण सम्पन्न प्रमाणपत्र उपलब्ध गराएबापत घुस, बुढानीलकण्ठका सब–इन्जिनियरविरुद्ध मुद्दा

२४ पुष २०८०, मंगलवार ०९:३१

पुस २४, काठमाडौँ | काठमाडौँ जिल्लास्थित बुढानीलकण्ठ नगरपालिकामा कार्यरत सब–इन्जिनियर (करार) टीकाराज राईले घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराए बापत सेवाग्राहीसँग घुस लिएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

टंगालबाट खटिएको आयोगको टोलीले राईलाई सेवाग्राहीबाट ८० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित गत मङ्सिर १४ गते नियन्त्रणमा लिएको थियो ।

सवइन्जिनियर राई र ठेकेदार रामचन्द्र सुनुवारले आपसी मिलोमतो गरी निर्माण भएका घरको नक्सा संशोधन गरी घर निर्माण सम्पन्न प्रमाणपत्र उपलब्ध गराउने प्रयोजनार्थ सेवाग्राहीसँग ८० हजार घुस माग गरी लिएको पुष्टि भएको भन्दै आयोगले राईलाई ८० हजार रुपैयाँ बिगो कायम गरी बिगो बमोजिम जरिवाना तथा कैद सजायको माग दाबी गर्दै मुद्दा दायर गरेको छ ।

ठेकेदार सुनुवारमाथि भने मुख्य कसुरदारको मतियारका रुपमा हुने गरी सजायको मागदाबी गरिएको आयोगका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो