२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गायिका ज्योति मगरविरुद्ध ‘भद्दा मजाक’ नगर्न एलिना चौहानको आग्रह

२०८०, २४ पुष मंगलवार १०:१८

पुस २४, काठमाडौँ |  उफ्रिएर नाच्दा स्टेज भासिएर गायिका ज्योति मगर लडेको घटनाको भिडियो यतिबेला सामाजिक संजालमा निकै भाइरल छ । यसलाई लिएर धेरैले ज्योतिलाई मजाक पनि गरिरहेका छन् भने कतिले कमसल स्टेज बनाएको भन्दै आयोजकमाथि आक्रोश पोखेका छन् ।


यस्तोमा, गायिका एलिना चौहानले ज्योति मगरको पक्षमा आफ्नो धारणा राखेकी छन् । उनले ज्योतिलाई भद्दा मजाक र गालीगलौज नगरिदिन आग्रह गरेकी छन् ।

दुर्घटनालाई मजाकको हिस्सा बनाउनु गलत रहेको भन्दै एलिनाले कुनै पनि सांगीतिक कार्यक्रममा दुर्घटना हुन नदिनतर्फ जिम्मेवार र गम्भीर बन्न आयोजकलाई सुझाव समेत दिएकी छन् ।

उनी लेख्छिन् :

मैले पनि भर्खरै भिडियो भाईरल भएपछि थाहा पाएँ । इलामको माइ नगरपालिकामा आयोजित १३ कुने सिमसार महोत्सवमा ज्योति दिदिले आफ्नो प्रस्तुति दिँदै गर्दा स्टेजमा केही कमजोरी देखियो र दिदी अस्थिर भएर स्टेजमै लड्नुभएछ, अत्यन्तै दुःख लाग्यो । म एक कलाकार भएको हिसाबले कार्यक्रममा आफू अघिका दर्शकलाई रुझाउन अनि उहाँहरुको ध्यान आफूप्रति खिच्न कति कठिन छ त्यो मैले मजाले महसुस गर्न सक्छु । उक्त भिडियोलाई लिएर कति मानिसले भद्दा मजाक गरेको पाएँ, त्यो धेरै गलत हो । कृपया त्यसो नगरिदिनुहोला । सबैलाई ज्योति दिदिको आवाज, प्रस्तुति र ज्योति दिदिनै पनि मन नपर्न सक्छ तर त्यो दुर्घटना थियो, यसलाई मजाकको हिस्सा बनाउनु गलत हो । सबैले मलाई पनि मनपराउनु हुन्न, हो सबैको आ–आफ्नो संगीत र अभिनयको स्वाद फरक हुन सक्छ त्यसो भन्दैमा ज्योति दिदीलाई मन पराउने दर्शक श्रोताको पनि कमि छैन । यस्ता दुर्घटना नहोस भनि सम्पूर्ण कार्यक्रम आयोजकलाई यी कुराहरुमा अत्यन्तै गम्भिर भई ध्यान पुर्‍याउनुहुन म बिनम्र अनुरोध गर्दछु ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी