१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पोल्याण्ड पठाइदिने बहानामा रकम ठगी गर्ने युवती पक्राउ

२४ पुष २०८०, मंगलवार १०:४८

पुस २४, काठमाडौँ | पोल्याण्ड पठाइदिने भन्दै रकम ठगी गर्ने एकजना युवती प्रहरी फन्दामा परेकी छन्।  पक्राउ पर्नेमा दोलखा भिमेश्वर नगरापलका -५ घर भइ हाल काठमाडौंको तार्केश्वर नगरपालिका-८ जरंखु बस्ने  पूजा श्रेष्ठ रहेको प्रहरीले जनाएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले पीडित कला पुनलाई वैदशिक रोजगारीका लागि पोल्याण्ड पठाइदिने बहानामा  २ लाख ५० हजार रुपैयाँ लिएर फरार भएको उजुरीका आधारमा खोजतलास गर्ने क्रममा  श्रेष्ठलाई सोमबार नयाँ बानेश्वरबाट पक्राउ गरेको जानकारी दिए।

पक्राउ परेकी श्रेष्ठले पोल्याण्ड जान ८ लाख ५० हजार रुपैयाँ लाग्ने,त्यहाँ पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिने र महिनाको १ लाख १५ हजार तलब हुने भन्दै प्रलोभनमा पारेर पुनबाट पटकपटक गरी २ लाख १५ हजार  लिइ फरार रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

उनलाई थप अनुसन्धान र कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचाल पठाएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो