२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अबको युद्ध विराममा विपिन जोशीको रिहाइका लागि ठोस पहल गर्ने कतारको प्रतिबद्धता

२०८०, २४ पुष मंगलवार १२:००

पुस २४, काठमाडौँ | गाजास्थित हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि ठोस पहल गर्ने कतारले प्रतिबद्धता जनाएको छ । गत ७ अक्टोबर २०२३ मा इजरायलबाट हमास समूहले नियन्त्रणमा लिएका जोशीको अवस्था अझै अज्ञात नै छ ।

उनको रिहाइका लागि सरकारले अन्तर्राष्ट्रिय समुदायसँग पहल गरिरहेको छ । तर, ठोस निष्कर्ष भने निस्किन सकेको छैन । उनलाई नियन्त्रणमा लिएको तीन महिना पुरा भइसकेको छ । उनको रिहाइका लागि सरकारले इजरायलसँगै कतार तथा इजिप्ट सरकारसँग समेत पहल गरिरहेको छ ।


कतार सरकारसँग पटक पटक छलफल भइरहेको परराष्ट्र मन्त्री एनपी साउदले बताए । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आयोजित नगरस्तरीय १४ औं  राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै मन्त्री साउदले विपिन जोशीको रिहाइका लागि कतार सरकारसँग पटक पटक छलफल भइरहेको बताए ।

छलफलको क्रममा कतारले दोस्रो चरणको युद्ध विरामको तयारी भइरहेको र उक्त समयमा जोशीका रिहाइका लागि ठोस पहल गर्ने प्रतिबद्धता जनाएको मन्त्री साउदले बताए ।

‘विपिन भाइको रिहाइका लागि लगातार कतार सरकारसँग लगातार छलफल भइरहेको छ । कतारले दोस्रो युद्ध विरामको लागि छलफल चलाइरहेको छ । गृहकार्य भइरहेको छ । युद्ध विराममा जोशीको रिहाइका लागि कतारबाट ठोस पहल गर्ने आश्वासन आएको छ’ मन्त्री साउदले भने ।

अर्न एण्ड लर्न कार्यक्रमका लागि इजरायल पुगेका जोशीसहित नेपालीमाथि हमास समूहले आक्रमण गरेको थियो । आक्रमणको क्रममा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । भने ४ जना घाइते भएका थिए ।

जोशीसहित विभिन्न देशका नागरिकहरूलाई हमास समूहले नियन्त्रणमा लिएर गाजातर्फ लगेको थियो ।

केही समयपछि इजरायली सेनाले गाजामा उनी सुरक्षित रहेको जानकारी नेपाली पक्षलाई दिएको थियो । तर, उनको अवस्था भने अहिलेसम्म पनि अज्ञात नै छ । नेपालले उनको रिहाइका लागि अन्तर्राष्ट्रिय समुदायलाई समेत गुहार्दै आएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी