१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

क्रिकेटर सन्दीप लामिछानेलाई आज सजाय सुनाइँदै

२५ पुष २०८०, बुधबार ०५:२९

पुस २५, काठमाडौँ | बलात्कार मुद्दामा दोषी ठहर भएका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई आज सजाय सुनाइँदै छ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सजाय निर्धाणरका लागि पेशी तोकिएको छ। न्यायाधीश ढकालकै इजलासले पुस १३ गते लामिछानेलाई दोषी ठहर गरेको थियो।

२०७९ भदौ ६ गते राति लामिछानेले जबर्जस्ती करणी गरेको भन्दै पीडितले गौशाला प्रहरी वृत्तमा भदौ २१ मा किटानी जाहेरी दिएकी थिइन्। जाहेरी पर्दा लामिछाने क्रिकेट खेल्न अफ्रिकी मुलुक गएका थिए। जाहेरी परेको सार्वजनिक भएपछि उनी नेपाली टोलीसँग नफर्की अमेरिका भागेका थिए।

इन्टरपोल मार्फत पक्राउ पर्ने सूचना पाएपछि उनी असोज २० गते नेपाल फर्किएका थिए। उनी विरुद्ध कात्तिक १४ गते जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता भएको थियो।

जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाए पनि उच्च अदालत, पाटनले उनलाई छोडिदिएको थियो। उच्चको आदेशलाई सर्वोच्चले समेत सदर गरिदिएपछि लामिछाने थुना बाहिरै बसेर मुद्दा लडिरहेका थिए।

मुद्दा दर्ता भएको झण्डै डेढ वर्षपछि पुस १३ मा अदालतको फैसला आएको हो। युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर बलात्कार गरेको जिल्ला अदालत, काठमाडौंले ठहर गरेको छ।

उनलाई मुलुकी अपराध संहिताको दफा २१९ को उपदफा १, २ र ३ को ‘ङ’ अनुसार कसूरदार ठहर्‍याएको हो। पीडित महिलाको उमेर १८ वर्ष वा सो भन्दा बढी उमेरको भएमा सात वर्षदेखि १० वर्षसम्म कैद हुने व्यवस्था छ। कैद सजाय निर्धारण गर्न आज पेशी तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो