बागमती क्रिकेट टीमबाट हटाइए सन्दीप, रित गौतमलाई कप्तानी

Posted on: 10 Jan, 2024

पुस २५, काठमाडौँ | बागमती प्रदेश क्रिकेट संघले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता खेल्ने टोलीको घोषणा गरेको छ । बागमतीले रित गौतमको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।

यसअघि बागमतीको कप्तानी सन्दीप लामिछानेले गरेका थिए । उनी बलात्कार मुद्दामा दोषी ठहर भएसँगै रितलाई कप्तानको जिम्मेवारी दिइएको हो । नेपाल क्रिकेट संघले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता पुस २८ देखि माघ २० गतेसम्म गर्दैछ ।

बागमती टोली: रित गौतम (कप्तान), प्रतीस जिसी, विवेक राना मगर , रबिन जोशी (विकेटकिपर), आशुतोष घिरैया,  इशान पाण्डे, रिजन ढकाल,सूर्य तामाङ, सोनु देवकोटा, प्रतीक श्रेष्ठ, कृजन गुरुङ, गौतम केसी, अशोक पौडेल र बिपिन आचार्य ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!