१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गाँजा मिसाइएको केक तथा कुकिज बेच्ने थप २ जना पक्राउ

२५ पुष २०८०, बुधबार ०८:४७

पुस २५, काठमाडौँ | लागु औषध गाँजा मिसाएर केक र कुकिज तयार गर्ने कार्यमा संलग्न  दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

सामाजिक सञ्जालमा अकाउन्ट बनाएर अवैध लागु औषध गाँजा प्रयोग गरी केक र कुकिज  बनाई बिक्री वितरण हुने गरेको विशेष सूचनाको लागु औषध नियन्त्रण ब्युरोले मंगलबार मोहमद फाजिल र शालोम सादा लेप्चा जैसीलाई पक्राउ गरेर बुधबार सार्वजनिक गरेको हो । 


उनीहरूले राजधानीको एकान्त कुनामा घर भाडा लिई एक वर्षदेखि यस्तो कार्य गर्दै आएको खुलेको छ । खानतलासीको क्रममा प्रहरीले गाँजा १ केजी १०० ग्राम, डाँठसहितको गाँजा १ केजी ५६८ ग्राम, विक्री गर्न तयारी अवस्थाको केक १ केजी ९०० ग्राम, माईक्रोओभन थान १, बिक्री गर्न  तयारी अवस्थाको बटर ९०० ग्राम, बिक्री गर्न तयारी अवस्थाको कुकिज १ केजी ३२४ ग्राम र डिजिटल तराजु थान १ लगायतका विभिन्न सामाग्रीहरु समेत  बरामद भएको प्रहरीले जनाएको छ । 

उनीहरूले गाँजा मिसावट गरिएका केक र कुकिजका विभिन्न प्रकारहरु बनाई विगत एक वर्षदेखि अनलाइनमार्फत डेलिभरी गर्ने गरेको खुलेको छ ।  यसअघि  प्रहरीले गाँजा मिसावट गरी अवैध रूपमा केकको विक्री वितरण गर्ने विशान मानन्धरलाई पक्राउ गरेको थियो । उनी पक्राउ परेसँगै अहिले पक्राउ परेका दुई जनाले पनि पक्राउ पर्ने डरले पहिले कारोबार गर्दै आइरहेको सामाजिक सञ्जालको पेजलाई  परिवर्तन गरी कारोबार गर्न थालेको खुल्न आएको ब्युरोको भनाइ छ । निजहरू उपर ब्युरोले लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम आवश्यक अनुसन्धान थालिएको जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन