सुन्तलालाई राष्ट्रिय फलफूल घोषणा गर्ने सरकारको तयारी

Posted on: 10 Jan, 2024

पुस २५, काठमाडौँ | सरकारले सुन्तलालाई राष्ट्रिय फलफूल घोषणा गर्ने तयारी गरेको छ । २४ पुस मंगलबार ‘संघ, प्रदेश र स्थानीय तह (समन्वयन तथा अन्तरसम्बन्ध) ऐन २०७७’ को व्यवस्था अनुसारको विषयगत समितिको बैठकमा सुन्तलालाई राष्ट्रिय फलफूल घोषणण गर्ने छलफल भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

यस्तै सोही बैठकमा कृषि क्षेत्रमा लगानी दशक घोषाण गर्ने सम्बन्धमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि क्षेत्रमा लगानी दशकको घोषणा र सुन्तलालाई राष्ट्रिय फलफूल घोषाण गर्ने तयारीबारे प्रदेश सरकारका कृषि मन्त्री र सचिवहरुसँग छलफल गरेको हो ।


कृषिमन्त्री डा. बेदुराम भुसालको अध्यक्षतामा बसेको बैठकले कृषि क्षेत्रमा लगानी दशक घोषणाको तयारीका सन्दर्भमा छलफल भएको मन्त्रालयले जनाएको छ । वर्तमान सरकारको १ वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १० पुसमा राष्ट्रका नाममा सम्बोधन गर्दै कृषि क्षेत्रमा लगानी दशक घोषणा गर्ने बताएका थिए ।

‘कृषि क्षेत्रका राष्ट्रिय तथा प्रादेशिक महत्व तथा प्राथमिकता र त्यसको हालसम्मको अवस्थाको सन्दर्भमा छलफल भएको छ,’ मन्त्रालयले नोट जारी गर्दै भनेको छ, ‘चैते धानबाली प्रवर्द्धन कार्यक्रम सञ्चालन, रासायनिक मलखादको व्यवस्थापन, बिक्री वितरण तथा सहज उपलब्धता र बाँझो जमिन उपयोग सम्बन्धमा छलफल भएको छ।’

यस्तै छाडा पशु तथा वन्यजन्तु नियन्त्रण, बाली तथा पशुपन्छीजन्य रोग – किराहरु तथा सम्भावित महामारी/प्रकोप नियन्त्रण तथा भ्याक्सिनको प्रयोग सम्बन्धमा प्रदेश सरकारका कृषि मन्त्रालयसाँग छलफल गरेको हो ।

‘न्यूनतम समर्थन मूल्य, कृषि तथा पशुपन्छीको बीमाका लागि आवश्यक उत्पादन लागत संकलन, कृषि तथ्यांक संकलन तथा व्यवस्थापनमा एकरुपता कायम गर्ने, ‘संघ, प्रदेश र स्थानीय तह कृषि क्षेत्र समन्वय सम्बन्धी कार्यप्रक्रिया २०८०’ को कार्यान्वयन लगायत विषयमा छलफल भयो,’ कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भनेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!