१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

वीरेन्द्रको परिवारलाई कोरियाबाट ७ लाख ५७ हजार रुपैयाँ सहयोग

२६ पुष २०८०, बिहीबार ०५:४६

पुस २६, काठमाडौँ | ललितपुरको बालकुमारी घटनामा मृत्यु भएका अछामको चौरपाटी गाउँपालिका वडा नम्बर १ का वीरेन्द्र शाहको परिवारलाई कोरियामा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।

कोरियाका नेपालीले संकलन भएकोमध्ये सात लाख सन्ताउन्न हजार रुपैयाँ एक कार्यक्रमकाबीच मृतकका बुवा टेक बहादुर शाहलाई हस्तान्तरण गरिएको हो ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कोरियाका वरिष्ठ उपाध्यक्ष महेश बजगाईंले  कोरियाबाट पीडित परिवारसँग संवाद र समन्वय गरी यो आर्थिक हस्तान्तरण कार्यक्रमममा समन्वय गरेको बताए ।  उक्त रकम बुधबार अछाम सेवा समितिले आयोजना गरेको शोक सभामा धनगढीका मेयर गोपाल हमालमार्फत मृतकका बुवा टेकबहादुर शाहलाई हस्तान्तरण गरिएको थियो । 

मृतकका बुवा टेकबहादुर शाहले आफूहरुलाई बज्रपात परेको बेला कोरियाका बस्ने नेपालीहरुले गरेको आर्थिक सहयोगको लागि सम्पूर्ण  सहयोगी मनहरुलाई धन्यवाद व्यक्त गरे । 

यो अभियान सामाजिक अभियन्ता, धनगढी -१ शिवनगर स्थायी बासिन्दा हाल दक्षिण कोरियामा रही विभिन्न सामाजिक कार्यमा अग्रसर युवा व्यक्तित्त्व बी वि सिंह, (भक्तबहादुर सिंह)को अगुवाइमा नेपाली सम्पर्क समितिका अध्यक्ष हरि खनाल, पत्रकार महासंघ दक्षिण कोरियाका अध्यक्ष किसान गौतम, कर्णाली प्रदेश समाज दक्षिण कोरियाका अध्यक्ष गणेश कोइराला सुदुरपस्चिम समाज दक्षिण कोरियाका अध्यक्ष दिल बहादुर  मडै, दैलेख समाज दक्षिण कोरिया तथा सामाजिक अभियन्ता माधव आचार्यको समन्वयमा संचालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन