१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जर्मनीबाट ६ लाख लाइसेन्स कार्ड आज आउँदै

२६ पुष २०८०, बिहीबार ०८:३८

पुस २६, काठमाडौँ | जर्मनीको म्युह्लवार कम्पनीले ६ लाख लाइसेन्स (चालक अनुमति पत्र) छाप्ने कार्ड बिहीबार काठमाडौँमा पठाउँदै छ। उक्त कम्पनीले १२ लाख कार्ड पठाउने ठेक्का यातायात व्यवस्थाबाट पाएको छ। जसमध्ये ६ लाख कार्ड बिहीबार पठाउन लागेको हो। बाँकी ६ लाख कार्ड ४५ दिन भित्र पठाउने भएको छ।

विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले जर्मनीबाट ६लाख कार्ड कतार एयरलाइसेन्सबाट आउन लागेको बताए। उनका अनुसार माघ महिनाको पहिलो हप्ताबाट कार्ड छापिन सुरु गरिने छ। विभागसँग भएको मेसिनलाई चौबिसै घण्टा चलाए पनि विभागसँग एक दिनमा ७ हजार कार्ड छाप्ने क्षमता रहेको रिजालले जनाए। ‘कार्ड आउने बित्तिकै कार्डको ल्याब टेस्ट गर्न फेरि जर्मन पठाउँछौ। जर्मन पुगेर आउन करिब एक हप्ता लाग्छ’रिजालले भने,‘त्यसपछि लगत्तै छपाई सुरु गछौ।’ विभागका अनुसार अहिले कार्डको प्रतीक्षामा १४ लाख ५८ हजार सवारी चालक अनुमति पत्र पास भएका तथा नवीकरण गरेका  सवारी चालक छन्।

 विद्युतीय चिप्ससहितको लाइसेन्स छाप्न अहिले विभागसँग कार्डको अभाव छ। कार्ड नहुँदा गत असार महिना देखि लाइसेन्स छाप्ने काम ठप्प भएको हो। विभागसँग भएका सीमित कार्डबाट निकै थोरै संख्यामा कार्ड छाप्ने काम भइरहेको छ। विभागका अनुसार अहिले दैनिक ४ देखि ५ हजारसम्म व्यक्तिले लाइसेन्स पास तथा नवीकरण गर्ने गरेका छन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन