२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक भएपछि गौशाला २६ ले दिइन् प्रहरीमा उजुरी

२०८०, २६ पुष बिहीबार ०९:४०

पुस २६, काठमाडौँ | क्रिकेटर सन्दीप लामिछानेमाथि मुद्दा दायर गरेर चर्चामा आइन् गौशाला २६ (प्रहरीले दिएको नाम) । उनको वास्तविक नाम र पहिचान भने लामो समयसम्म गोप्य रहेको थियो ।

बलात्कारका मुद्दा दायर गर्ने जाहेरीकर्ताको वास्तवित नाम र पहिचान सामान्यतया प्रहरीले सार्वजनिक गर्दैन । पहिचान खुलाउँदा उनीहरु सामाजमा मुख देखाएर हिँड्न सक्दैनन् भन्ने परम्परागत भाष्य तथा कानूनी व्यवस्थाका कारण नाम लुकाउने अभ्यास गरिएको हो । यद्यपि, आरोपीको पहिचान खुलाउने र जाहेरीकर्ताको लुकाउने अभ्यास सान्दर्भिक हो वा होइन भन्नेबारे बहसहरु जारी छन् ।

यसैबीच पछिल्ला केही दिनदेखि गौशालाको तस्बिरहरु सामाजिक सञ्जालमा देखिन थालेका छन् । यसअघि पनि उनको भन्दै तस्वीर भाइरल भएको थियो । तर, अहिले वास्तविक तस्विर नै सार्वजनिक भएपछि उनी प्रहरीमा पुगेका छन् । उनले आज साइबर ब्यूरो पुगेर उजुरी हालिन् ।

ब्युरोका प्रवक्ता पशुपति रायले उजुरी आएको र छानबिन भइरहेको बताए । ‘गोपनियता हनन् सम्बन्धी मुद्धा सोझै अदालतमा पनि दर्ता गर्न सकिन्छ, अहिले हामीले पनि हेरिरहेका छौँ,’ एसपी रायले भने ।

गौशाला-२६ को तस्बिर बाहिर ल्याएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना एक कार्यकर्तालाई कारबाही गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी