२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मलेसियामा हत्या गरेर नेपालमा पक्राउ परेका साह जेल चलान

२०८०, २६ पुष बिहीबार ११:५०

पुस २६, काठमाडौँ | मलेसियामा एउटै कम्पनीमा काम गर्ने नेपालीको हत्या गरेर नेपाल फर्किने क्रममा पक्राउ परेका महोत्तरीका २४ वर्षीय अनिल साहलाई जेल चलान गरिएको छ ।

साहलाई मंसिर ३० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।


झापाका धनबहादुर प्रधानको हत्या गरेको आरोपमा पक्राउ परेका साहलाई अदालतबाट जेल चलान गर्ने आदेश भएको काठमाडौं प्रहरी प्रवक्ता कुमोध ढुंगेलले जानकारी दिए ।

प्रहरीका अनुसार मृतक र साह मलेसियाको हर्ताज भन्ने कम्पनीमा क्लिनरका रूपमा काम गर्दै आएका थिए । कम्पनीमा इन्चार्ज रहेका प्रधानसँग लामो समयदेखि साहको सम्बन्ध राम्रो नरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

डिसेम्बर ११ तारिख बिहान पनि यी दुईबीच सामान्य विवाद भएको थियो । ५ जना मात्र काममा निस्कन बाँकी थियो । त्यही बेला अन्य ३ जना नभएको मौका छोपेर साहले प्रधानको टाउकोमा हानेर भागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

कम्पनीमै पासपोर्ट छाडेर भागेका साह त्यसपछि मलेसियास्थित नेपाली दूतावासमा पुगेका थिए । नेपाली दूतावासले नेपाल फर्कने डकुमेन्ट तयार गरिदिएपछि उनी मंसिर ३० गते त्रिभुवन विमानस्थल ओर्लिएका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी