कात्तिक १, भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली सेती यातायात समितिका पदाधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यहाँबाट सञ्चालनमा आए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १, भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली सेती यातायात समितिका पदाधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यहाँबाट सञ्चालनमा आए"/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

महाकाली यातायात समितिका पदाधिकारी प्रहरी नियन्त्रणमा

१ कार्तिक २०७३, सोमबार ०३:११

कात्तिक १, भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली सेती यातायात समितिका पदाधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यहाँबाट सञ्चालनमा आएको नमस्ते शुक्लाफाँटा प्रालिको एउटा बसमाथि आइतबार तोडफोड भएपछि उक्त पक्षले महाकाली समितिका नेतृत्वले तोडफोड गरेको दाबी गर्दै प्रहरीमा उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले महाकाली समितिका वरिष्ठ उपाध्यक्ष पदमसिंह भाट, उपकारकोष उपाध्यक्ष डम्बर पन्त र महासचिव विष्णु कँडेललाई आइतबार साँझ नियन्त्रणमा लिएको हो । 

शुक्लाफाँटा प्रालिले समिति दर्ता गरी बस सञ्चालनमा ल्याएपछि बस समितिबीच विवाद बढेको छ । यहाँस्थित महाकाली सेती यातायात समिति र पवनदुत समिति सम्बद्ध मजदुरले शुक्लाफाँटाको ना ५ ख ४१५० नम्बरको बस तोडफोड गरेपछि पूर्व पश्चिम राजमार्ग समेत केहीबेर अवरुद्ध बनेको थियो । 

त्यसैगरी आफ्ना पदाधिकारीलाई नियन्त्रणमा लिएको विरोधमा आजदेखि महाकाली र पवनदुत बस समितिले यातायात बन्द गर्ने चेतावनी दिएको छ । 

शुक्लाफाँटाले प्रालिको अवधारण पूरा नगरेको र पूर्वी रुटमा चलेका पुराना गाडी समिति दर्ता गरेर यहाँ सञ्चालनमा ल्याएकोमा महाकाली र पवनदुत समितिले आपत्ति जनाउँदै आएको छ । उनीहरुले प्रालिले नयाँ बस ल्याउनुपर्ने भन्दै यातायात सञ्चालनमा अवरुद्ध पार्दै आएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य