कात्तिक १, भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली सेती यातायात समितिका पदाधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यहाँबाट सञ्चालनमा आए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १, भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली सेती यातायात समितिका पदाधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यहाँबाट सञ्चालनमा आए"/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

महाकाली यातायात समितिका पदाधिकारी प्रहरी नियन्त्रणमा

२०७३, १ कार्तिक सोमबार ०३:११

कात्तिक १, भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली सेती यातायात समितिका पदाधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यहाँबाट सञ्चालनमा आएको नमस्ते शुक्लाफाँटा प्रालिको एउटा बसमाथि आइतबार तोडफोड भएपछि उक्त पक्षले महाकाली समितिका नेतृत्वले तोडफोड गरेको दाबी गर्दै प्रहरीमा उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले महाकाली समितिका वरिष्ठ उपाध्यक्ष पदमसिंह भाट, उपकारकोष उपाध्यक्ष डम्बर पन्त र महासचिव विष्णु कँडेललाई आइतबार साँझ नियन्त्रणमा लिएको हो । 

शुक्लाफाँटा प्रालिले समिति दर्ता गरी बस सञ्चालनमा ल्याएपछि बस समितिबीच विवाद बढेको छ । यहाँस्थित महाकाली सेती यातायात समिति र पवनदुत समिति सम्बद्ध मजदुरले शुक्लाफाँटाको ना ५ ख ४१५० नम्बरको बस तोडफोड गरेपछि पूर्व पश्चिम राजमार्ग समेत केहीबेर अवरुद्ध बनेको थियो । 

त्यसैगरी आफ्ना पदाधिकारीलाई नियन्त्रणमा लिएको विरोधमा आजदेखि महाकाली र पवनदुत बस समितिले यातायात बन्द गर्ने चेतावनी दिएको छ । 

शुक्लाफाँटाले प्रालिको अवधारण पूरा नगरेको र पूर्वी रुटमा चलेका पुराना गाडी समिति दर्ता गरेर यहाँ सञ्चालनमा ल्याएकोमा महाकाली र पवनदुत समितिले आपत्ति जनाउँदै आएको छ । उनीहरुले प्रालिले नयाँ बस ल्याउनुपर्ने भन्दै यातायात सञ्चालनमा अवरुद्ध पार्दै आएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल