उद्योगहरुमा काटिएकाे बिजुली जाेडिदिने प्राधिकरणकाे निर्णय

Posted on: 12 Jan, 2024

पुस २७, काठमाडौं | नेपाल विद्युत् प्राधिकरणले  उद्योगहरुमा काटिएकाे बिजुलीको जोड्ने निर्णय गरेको छ ।

आज बिहान बसेको नेपाल विद्युत् प्राधिकरण संचालक समितिले काटिएका उद्योगको लाइन जोड्ने निर्णय गरेको हो । प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङले विजुलीको लाइन जोड्ने निर्णय गरेको बताए ।

मन्त्रिपरिषदले गरेको लाइन जोड्ने निर्णयको पत्र आएको हो भन्ने प्रश्नमा कुलमाले मन्त्रिपरिषदले गरेको निर्णय आएको बताए ।

डेडिकेटेड र ट्रंक लाइनको बक्यौता छानबिनका लागि मन्त्रिपरिषदको बैठकले समिति बनाउनुको साथै उद्योगहरूको काटिएको विद्युत् हाललाई जोड्न निर्देशन दिएको थियो ।

प्राधिकरणले ५ करोड रुपैयाँभन्दा बढी बक्यौता तिर्न बाँकी रहेका २४ उद्योगको लाइन काटेको थियो । भने, ६१ वटा उद्योगले २४ अर्बभन्दा धेरे बक्यौता तिर्न बाँकी रहेको बताएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!