१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नयनताराविरुद्ध एफआईआर दर्ता

२७ पुष २०८०, शुक्रबार ०६:४७

पुस २७, चेन्नई । दक्षिण भारतीय फिल्म उद्योगकी सुपरस्टार अभिनेत्री नयनताराविरुद्ध एफआईआर दर्ता भएको छ । फिल्म अन्नपूर्णीले धार्मिक भावनालाई ठेस पुर्याएको अनि लभ जिहादलाई बढावा दिएको आरोपमा जबलपूरमा अभिनेत्री विरुद्ध एफआईआर दर्ता भएको छ ।

हिन्दु सेवा परिषद्ले फिल्मका कयौं दृश्यहरू आपत्तिजनक रहेको भन्दै ओमती प्रहरी थानामा ऊजुरी दर्ता गरिएको हो । फिल्मको संवादमा भगवान श्रीरामबारे अभद्र टिप्पणी गरिएको छ । अन्नपूर्णीले लभ जिहादलाई बढावा दिइरहेको दाबी ऊजुरीमा गरिएको छ ।


फिल्ममा बिरयानी बनाउनुअघि मन्दिरको पुजारीकी छोरीले हिजाब लगाएर नमाज पढिरहेको देखाइएको, ब्राम्हण हिन्दु केटीले मुस्लिम धर्मलाई प्रेरित गरेको, साँझको समयमा पुजारीको घरमा सन्ध्या आरती भइरहेको बेलामा अभिनेत्रीले मासु पकाइरहेको आदि दृश्यका कारण विवादमा तानिएपछि नेटफ्लिक्सले फिल्मलाई हटाएको छ । शिवसेनाका पूर्व नेता रमेश सोलंकीले पनि जनवरी ६ मा अन्नपूर्णीका मेकरहरुविरुद्ध मुम्बईमा ऊजुरी दर्ता गराएका थिए ।

मेकरहरुले भगवान श्रीरामको अपमान गरेर हिन्दु समुदायको भावनामा ठेस पुर्याएको उनको भनाइ थियो । सोलंकीले एक्समा एउटा पोष्ट गर्दै फिल्मको कडा आलोचना गरेका थिए । अन्नपूर्णी डिसेम्बर १ मा रिलिज भएको थियो । फिल्ममा नयनतारा शीर्ष भूमिकामा थिइन् । फिल्ममा नयनतारा मन्दिरको पुजारीको छोरी अन्नपूर्णीको भूमिका निर्वाह गरेकी थिइन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन