२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

‘नेइमार विश्वकै उत्कृष्ट तीन खेलाडीमध्ये पर्छन्, तर ब्राजिलले उनीबिना खेल्न सक्नुपर्छ’

२०८०, २७ पुष शुक्रबार ०७:००

पुस २७, ताप्लेजुङ | ब्राजिलका नवनियुक्त प्रशिक्षक डोरिभल जुनियरले नेइमारलाई विश्वकै तीन उत्कृष्ट खेलाडीभित्र पर्ने बताएका छन् । उनले टिमले उनीबिना नै खेल्न सक्नुपर्ने प्रतिकृया दिएका छन् ।

डोरिभललाई ब्राजिलले फर्नान्डो डिनिजको स्थानमा नयाँ मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । यसअघि रियाल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोट्टी ब्राजिलको मुख्य प्रशिक्षक बन्ने चर्चा थियो । तर, एन्सेलोट्टीले स्पेनिस क्लबसँगको सम्झौता नवीकरण गरेपछि पाँच पटकको विश्वकप विजेता ब्राजिलले यो जिम्मेवारी डोरिभललाई सुम्पिएको हो ।


मुख्य प्रशिक्षकको जिम्मेवारी पाएपछि डोरिभलले चोटका कारण मैदानबाट बाहिर रहेका नेइमारबिना नै ब्राजिलले खेल्न सक्नुपर्ने बताएका हुन् ।

“ब्राजिलले नेइमारबिना नै खेल्न सक्नुपर्छ । नेइमार अहिले चोटका कारण मैदानबाट बाहिर छन् । तर, हाम्रो टिममा विश्वकै उत्कृष्ट तीन खेलाडीमध्येका एक छन्,” प्रशिक्षक डोरिभलले भने, “म यहाँ विश्वकै सबैभन्दा सफल टिमको जिम्मेवारी सम्हाल्न आएको छु । एउटा त्यस्तो टिम जसले विश्वलाई नै प्रभावित बनाएको छ ।”

फिफा विश्वकप–२०२६ को दक्षिण अमेरिकी छनोटमा हाल ब्राजिल छैटौं स्थानमा छ । यस छनोटबाट शीर्ष ६ टिम सोझै विश्वकप खेल्नेछन् । यस्तै, सातौं टिमले भने महादेशीय प्लेअफ खेल्नुपर्ने प्रावधान छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी