एएफसी एसियन कप सुरु हुँदै, एसियाका २४ टिमबीच प्रतिस्पर्धा

Posted on: 12 Jan, 2024

पुस २७, काठमाडौं | आजदेखि कतारमा एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता एएफसी एसियन कप सुरु हुँदैछ। गत वर्ष हुनु पर्ने एसियन कप एक वर्ष ढिला गरी भएकाले प्रतियोगिताको नाम २०२३ एएफसी एसियन कप राखिएको छ। यो प्रतियोगिता एसियन कपको १८औँ संस्करण हो।

एसियाली फुटबल महासंघ (एएफसी) द्वारा आयोजना हुने प्रतियोगितामा २४ टिमबीच हुनेछ। 


सन् २०१९ मा भएको पछिल्लो संस्करणको उपाधि कतारले जितेको थियो। 

१७ अक्टोबर २०२२ मा एएफसीले मूल आयोजक चीनको स्थानमा प्रतियोगिता कतारमा आयोजना हुने घोषणा गरेको थियो। 

प्रतियोगिताको उद्‌घाटन खेलमा आज आयोजक कतार र लेवनानबीच लुसेल रंगशालामा खेल हुनेछ। यो मैदानमा २०२२ को विश्वकपको फाइनलमा अर्जेन्टिना र फ्रान्सबीच खेल भएको थियो।


यस बिषयमा तपाइको प्रतिक्रिया...!