१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत

२७ पुष २०८०, शुक्रबार ०८:४१

पुस २७, काठमाडौं | नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत चयन भएका छन्।

कैलालीको टीकापुरमा भएको पार्टीको पहिलो महाधिवेशनले चौधरीलाई अध्यक्षमा चयन गरेको हो।


यद्यपी निर्वाचन समितिले औपचारिक घोषणा गर्न बाँकी छ। अध्यक्षमा चौधरीको मात्रै उम्मेदवारी परेको थियो।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डित निर्विरोध निर्वाचित भएका छन् भने कोषाध्यक्षमा टीकालक्ष्मी चौधरी चयन भएकी छन्। अन्य पदमा एकभन्दा बढी उम्मेदवार परेकोले सहमतिको प्रयास भइरहेको छ।

‘अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष सर्वसम्मत चयन गरियो,’ निवर्तमान महासचिव रतन थापाले भने, ‘अरू पदहरूमा सहमतिको प्रयास जारी छ, सहमति निर्वाचनबाट टुंगो लगाइनेछ।’अध्यक्ष भएका चौधरी यसअघि पार्टीको संरक्षक थिए। पार्टी अध्यक्षमा उनकी पत्नीसमेत रहेकी रञ्जिता श्रेष्ठ चौधरी थिइन्। रञ्जिता अहिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री छिन्।

नागरिक उन्मुक्तिले एक व्यक्ति एक पद लागू गर्ने बताएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन