१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

१८८ जना नेपाली शान्ति सैनिक कंगो प्रस्थान

२७ पुष २०८०, शुक्रबार ०९:३१

पुस २७, काठमाडौं | संयुक्त राष्ट्रसंघको आह्वानमा कंगोमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली भएको छ ।  जसअनुसार नरसिंहदल गण (शान्ति सेना) २९ औं डफ्फालाई बदली गर्नका लागि महावीर शौर्य गण (रेञ्जर) (शान्ति सेना) ३० औं डफ्फाका १८८ जना नेपाली शान्ति सैनिकहरु शुक्रबार मिसन इलाकातर्फ प्रस्थान गरेका छन् । 


 प्रमुख सेनानी प्रेम प्रसाद पौडेलको नेतृत्वमा यूएन चार्टर्ड फ्लाइटमार्फत काठमाडौँबाट मिसन इलाकातर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

उक्त मिसनमा आफ्नो कार्यकाल पुरा गरेको नरसिंहदल गण (शान्ति सेना) २९ औं डफ्फाको १८८ जना नेपाली शान्ति सैनिकहरुको टोली सेनानी कमल थापाको नेतृत्वमा शुक्रबार नै स्वदेश फर्किएको  सेनाले जनाएको छ ।     

हाल कंगो मिसनमा नेपाली सेनाका ११५२ जना शान्ति सैनिकहरु कार्यरत रहेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन