१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

राजेन्द्र लिङदेनले भने- एमालेले कोशीमा ट्राइ गरौं भन्यो भने तयार छौं

२७ पुष २०८०, शुक्रबार ११:२१

पुस २७, काठमाडौं | राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राष्ट्रियसभामा गठबन्धनको एक सीट घटाउन एमालेले कोशीमा ट्राइ गरौं भन्यो भने आफूहरु तयार रहेको बताएका छन् । यद्यपि, गठबन्धनले पनि राष्ट्रियसभामा राप्रपाको आवश्यकता बुझेर एक सीट छाडे स्वीकार्ने उनको भनाइ छ ।


पृथ्वी जयन्तीको अवसरमा आयोजित चियापान कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘राष्ट्रियसभामा हाम्रो मत सुरक्षित गर्ने हिसाबले उम्मेदवारी दिएका छौं। अहिलेसम्म कुनै दलसँग छलफल गरेका छैनौं । चुनावको अन्तिम क्षणसँग कुनै दलसँग समझदारी बन्यो, राप्रपा पनि राष्ट्रियसभामा आउनुपर्छ भनेर एक ठाउँमा वक्तव्य दिएर छाड्दियो भने हामीले दुःख मान्नुपर्ने अवस्था छैन । कोशीमा एमालेले हिजो हामीले पनि सहकार्य गरेकै हो, आखिर हामी पनि एक्लै जित्दैनौं, विपक्षी गठबन्धनको एक सीट घटाउन सकिन्छ ट्राइ गरौं भन्नुभयो भने हाम्रो खुशीको कुरा हो ।’

राप्रपाले कोशी प्रदेशबाट उद्धव पौडेललाई उम्मेदवार बनाएको छ । त्यहाँ गठबन्धनबाट कांग्रेसका कृष्ण सिटौला र एमालेका पर्शुराम अधिकारी चुनावी मैदानमा छन् ।

तर, अंक स्पष्ट भएकाले अहिलेसम्म कुनै दलसँग पनि आफूहरुले औपचारिक छलफल नगरेको अध्यक्ष लिङदेनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन