१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

खुकुरी प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या, सासू र छिमेकी घाइते

२७ पुष २०८०, शुक्रबार ११:३३

पुस २७, काठमाडौं | पाँचथरको मिक्लाजुङ गाउँपालिका-३ आरुबोटेमा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। तुम्वेवा-४ घर भएका असफल कुरुम्बाङले ससुरालीमा गएर खुकुरी प्रहार गर्दा ३५ वर्षीया श्रीमती गोमा फियाकको मृत्यु भएको हो।

 बिहीबार बेलुका कुरुम्बाङले श्रीमतीमाथि खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी सुमित कुशवाहले बताए। खुकुरी प्रहार हुँदा छिमेकी महेन्द्र श्रेष्ठ र गोमाकी आमा कान्छीमाया फियाक घाइते भएका छन्।

 बिहीबार बेलुका ८ बजे घरायसी विवाद मिलाउन ससुराली घरमा छलफल भइरहेका बेला कुरुम्बाङले श्रीमतीलाई खुकुरी प्रहार गरेका थिए। उनको घटनास्थलमै मृत्यु भएको कुशवाहले बताए। त्यसपछि उनले सासुलाई खुकुरी प्रहार गरेका थिए। त्यसक्रममा झगडा छुट्याउन गएका बेला छिमेकी श्रेष्ठमाथि पनि उनले खुकुरी प्रहार गरेका थिए।

 ‘घरायसी विवाद के थियो भन्ने स्पष्ट खुलेको छैन, तर सासू र श्रीमतीसँग छलफल भइरहेका बेला कुरुम्बाङले एक्कासि खुकुरी प्रहार गरेको बुझिएको छ,’ कुशवाहले भने, ‘रोक्न जाँदा छिमेकीलाई पनि प्रहार गरेको बुझिन्छ।’

 कुरुम्बाङ घटनापछि फरार छन्। उनको खोजी भइरहेको कुशवाहले बताए। घाइते सासू कान्छीमाया र श्रेष्ठको झापा बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचार भइरहेको छ। गम्भीर घाइते रहेकी कान्छीमायाको आइसियूमा राखेर उपचार भइरहेको कुशवाहले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन