थानकोटमा निजी कार दुर्घटना हुँदा ४ जनाको मृत्यु, एक जना घाइते

Posted on: 13 Jan, 2024

पुस २८, काठमाडौँ | थानकोट–चित्लाङ सडक खण्डको सेतो पहरामा निजी कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । 

प्रदेश ३ ०१०२३च ६९८५नम्बरको प्राइभेट कार दिउँसो करिब २ बजे तिर दुर्घटना भएको  प्रहरीले जनाएको छ |

दुई पुरुष एक महिला र एक बच्चा रहेको प्रहरीले जनाएको छ।

प्रहरी वृत्त थानकोटका डीएसपी नारायण अधिकारीका अनुसार मृत्यु हुनेमा दुई पुरुष एक महिला र एक बच्चा रहेको जनाएका छन् ।

घाइते एकजनालाई अस्पताल लगिएको छ । यसबारे थप विवरण आउन बाँकी रहेको अधिकारीको भनाई छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!