२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

तीस वर्षदेखि बन्द कारखाना सञ्चालन गर्न सहयोग जुटाउँदै डा.पुन

२०८०, २८ पुष शनिबार १०:४७

पुस २८, तनहुँ | राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ वैज्ञानिक डा महावीर पुन पुस्तक बिक्रीका लागि पूर्व–पश्चिम महाअभियानमा निस्कएका छन् । तीस वर्षदेखि बन्द रहेको वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनका निमित्त सहयोग जुटाउने अभियानअनुरुप डा.पुन यस अभियानमा लागेका हुन् ।

प्रतिपुस्तक रु सात सय ५० मा बिक्री गर्ने गरिएको डा.पुनले बताए । जुनजुन स्थानबाट निम्तो आउँछ सोही स्थानमा पुगेर पुस्तक बिक्री गर्ने लक्ष्य रहेको उनले बताए । डा महावीर पुनको जीवन कथाका लेखक, केन्द्रका संस्थापक अध्यक्षसमेत रहेका डा पुनले यतिबेला पुस्तक बिक्रीका लागि देश दौरानमा दुई साता बिताइसकेका छन् । “नौ महिनाको समय लगाएर बन्द रहेको कारखानालाई मर्मत गरी सञ्चालन गर्ने वातावरण बनाएको छौँ”, उनले भने, “औजार उत्पादनका लागि आर्थिक स्रोत जुटाउन पुस्तक प्रकाशित गरी बिक्री अभियानमा लागेको छु ।” 

नेपालका प्रतिभालाई स्वदेशमा राखेर सहयोग गर्ने र उद्यमी बनाउने लक्ष्यअनुरुप राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेको पुनले बताए । उनका अनुसार युवा प्रतिभाले उद्योग कलकारखाना खोलुन्, रोजगारीको सिर्जना गरुन र अर्थतन्त्र सबल बनाउन लागुन् भन्ने मुख्य उद्देश्य राष्ट्रिय आविष्कार केन्द्रको रहेको छ ।

पुनले काठमाडौँबाट गजुरी हुँदै धादिङ, धादिङबेंसीबाट मलेखु, मुग्लिन, गोरखा, आँबुखैरेनी, लमजुङको बेंसीसहर र बन्दीपुर हुदै तनहुँका विभिन्न सहरमा पुगेर पुस्तक बिक्री गरेका छन् । कुनै पनि सरकारको पालामा अर्थतन्त्र सुधार्ने काम गर्न नसकेको डा पुनको आरोप रहेको छ । “बेरोजगारीलाई रोजगारी र अर्थतन्त्रलाई सबल बनाउनका लागि राज्यले उद्योग, कलकारखानामा लगानी बढाउनुपर्छ”, उनले भने, “सरकारसँग पैसा नभए पनि कारखाना संचालन गर्ने जिम्मा लिएका हौँ ।” 

देशव्यापी अभियान रहेकाले बैतडी, महेन्द्रनगर, धनगढी, नेपालगञ्जबाट बुटवल चितवन, वीरगञ्ज, जनकपुर, काँकडभिट्टा, पाँचथर, मध्यपहाडी लोकमार्ग हुँदै काठमाडौँ पुग्ने योजना रहेको डा पुनले जानकारी दिए । “राज्यले कलकारखाना खोल्नुपर्छ र लगानी गर्नुपर्छ । विकास निर्माणमा लगानी गरिएको छ, त्यसरी नै कलकारखानामा पनि लगानी बढाउनुपर्छ”, उनले भने, “कलकारखाना चलाएर मात्रै हुँदैन, परिणाम आउने गरी उद्योग सञ्चालन गर्न सक्नुपर्छ ।”

यतिदिन घुम्ने भन्ने सीमा अवधि नतोकिएको भन्दै पुनले भने, “जसरी हुन्छ धेरैभन्दा धेरै पुस्तक बिक्री गर्ने लक्ष्यअनुरुप देशव्यापी दौरानमा निस्किएको छु ।” उनका अनुसार हालसम्म २४ हजार पुस्तक बिक्री भइसकेका छन् । करिब तीन लाख पुस्तक बिक्री भएको अवस्थामा कृषि औजार कारखाना सञ्चालनमा ल्याउन सकिन्छ भन्ने विश्वास लिएको डा.पुनले बताए । तनहुँका विभिन्न पालिका र सर्वसाधारण नागरिकले पुस्तक किनेर सहयोग गरिदिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी