न्यायाधीशकी पत्नीले सर्वोच्च अदालत परिसरमै गरिन् आत्मदाह प्रयास

Posted on: 14 Jan, 2024

पुस २९, काठमाडौं | न्यायाधीश भुवन गिरीकी पत्नीले सर्वोच्च अदालत परिसरमै आत्मदाहको प्रयास गरेकी छन् । सर्वोच्च अदालत पुगेकी उनले आफैंमाथि पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ ।  प्रहरीसले उनीसँग रहेको पेट्रोलको बोतल र सलाई खोसेर नियन्त्रणमा लिएको जनाएको छ ।

उनले न्यायाधीश गिरीमाथि वैवाहिक बलात्कारको मुद्दा हालेकी छन् । यसअघि पक्राउ परेका गिरीलाई अदालतले धरौटीमा रिहा गरेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!