न्यायाधीश गिरीकी पत्नी आरती रावल सर्वोच्चको गेटबाटै पक्राउ

Posted on: 16 Jan, 2024

माघ २, काठमाडौं | न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावललाई प्रहरीले फेरि नियन्त्रणमा लिएको छ । मंगलबार सर्वोच्चभित्र प्रवेश गर्न खोज्दा उनी गेटबाटै पक्राउ परेकी हुन् । प्रहरीले उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखेको छ ।

गएको शुक्रबार आरती रावलले सर्वोच्च परिसरमै आत्मदाहको प्रयास गरेकी थिइन् । त्यति बेला पनि प्रहरीले उनलाई नियन्त्रणमा लिएर छाडेको थियो । रावलले गिरीमाथि यौनशोषणको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी थिइन् । 

यसअघि पनि गिरीकी श्रीमती आरती रावलले सर्वोच्च अदालत परिसरमा बिरोध प्रदर्शन गरेकी थिइन् । न्यायाधीश गिरीकी श्रीमती आरती गिरी रावलले भने अपराधीलाई कारबाही नगरी न्यायालयको कुर्सीमा राखिरहेको भन्दै तत्काल पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाउन भन्दै बिरोध गरेकी हुन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!