८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

मध्यपश्चिममा आँखाका रोगी बढे

१ कार्तिक २०७३, सोमबार ०६:५५

कात्तिक १, नेपालगंज । नेपालका अन्य विकास क्षेत्रको तुलनामा मध्यपश्चिमाञ्चल क्षेत्रका जिल्लाका नागरिकमा सबैभन्दा बढी आँखा रोगको समस्या देखा परेको छ । 

सो क्षेत्रअन्तर्गत पर्ने भेरी अञ्चलमा हाल शून्य दशमलव ५७ प्रतिशत नागरिकमा आँखाको समस्या देखा परेको छ । स्थानीय फत्तेबाल आँखा अस्पतालका प्रबन्धक कौशलकुमार वर्माका अनुसार, शून्य दशमलव दुई प्रतिशत आँखाको समस्या भएको जिल्लालाई मात्र ‘अन्धोपन मुक्त जिल्ला’ मानिन्छ । 

सो आँखा अस्पतालले वार्षिक एक लाख २० हजार बिरामीको उपचार गर्दै आए पनि यस क्षेत्रका नागरिकमा भने आँखा रोगको समस्या अपेक्षाकृत ओरालो लाग्न सकेको छैन । 

विसं २०४३ मा स्थापित सो अस्पतालले मध्यपश्चिमको बाँके, बर्दिया, जाजरकोट, सुर्खेत, दैलेख र डोल्पा जिल्लामा आँखा उपचार सेवा पु¥याउँदै आएको छ । 

कुल १५० श्यया क्षमताको सो अस्पतालमा मध्यपश्चिमाञ्चलका प्रायः सबै जिल्ला र भारतबाट समेत बिरामी उपचारका लागि आउने गरेको जनाइएको छ । 

अस्पतालले आँखाका बिरामीलाई निःशुल्क उपचार सेवा दिने उद्देश्यले निःशुल्क आँखा शल्यक्रिया तथा आँखा जाँच र उपचार शिविर समेत सञ्चालन गर्दै आएको प्रबन्धक वर्माको भनाइ थियो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता