१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

स्वयम्भुमा जब हत्या भएको तीन महिनापछि खाटमुनी शव भेटियो !

७ माघ २०८०, आईतवार १३:५७

माघ ७, काठमाडौँ । काठमाडौंको स्वयम्भुमा हत्या भएको तीन महिनापछि एक महिलाको शव भेटिएको छ । घरबेटी सरिता गिरीको भुइँ तलामा रहेको कोठामा खाटमुनी शव भेटिएको हो । 

तीन महिनासम्म बन्द कोठाबाट दुर्गन्ध फैलिएपछि कोठा खोलेर हेर्दा खाटमुनि शव भेटिएको प्रहरीले जनाएको छ । मृतकको शव सडिसकेको अवस्थामा फेला परेको छ । शव प्रहरीलाई सनाखत गर्न समेत हम्मेहम्मे परेको थियो ।


जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भुपेन्द्र खत्रीका अनुसार लगभग शव डिकम्पोज भइसकेको अवस्थामा छ । तीन महिनासम्म घरमा लास हुँदा पनि कसैलाई थाहा भएन । प्रहरीका अनुसार घटना गत कात्तिकमै भएको भएको थियो । 

प्रहरीका अनुसार, फरेन्सिक जाँचका क्रममा मृतकको टाउकोमा ‘ब्ल्न्ट फोर्स इन्ज्यूरी’ (भारी वस्तुले हिर्काएको घाउ) देखियो भने मृत्युको प्रारम्भिक कारण ‘डेट ड्यू टु स्ट्याङ्गुलेसन’ (घाँटी थिचिएका कारण मृत्यु) देखियो । अनुसन्धानमा हत्या भएको पाइएपछि घटनालाई हत्याका रुपमा लिएर जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त, स्वयम्भुको टोलीले अनुसन्धान थालेको थियो ।

प्रहरीका अनुसार अनुसन्धानबाट मृतक तनहुँको भिमाद नगरपालिका घर भएर अहिले काठमाडौैंमा बस्दै आएकी ५१ वर्षीया सफिना मिया हुन् । अनुसन्धानको क्रममाइ एक गार्मेन्टमा सोधपुछका क्रममा प्रहरीले त्यो कोठामा दुई जना बस्दै आएको फेला पारेको थियो ।

प्रहरीको अनुसन्धानको क्रममा हत्यापछि भारतीय नागरिक इकरामुल हक अन्सारी कोठाबाट गायब भएको खुलेको थियो । त्यसपछि प्रहरीले उनलाई नै प्राइम सस्पेक्ट मानेर अनुसन्धान अघि बढायो । उनि हत्यापछि भारत गएका थिए । पछि पुनः १०/११ पुसतिर काठमाडौँ आई कालिमाटीस्थित दिलिप शाहको बीएन फेसन गार्मेन्टमा काम गर्दै आएका थिए । प्रहरीले उनलाई कालीमाटीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । 

पक्राउपछि हत्याको रहश्य खुलेको छ । प्रहरीका अनुसार, इकरामुल हक पछिल्लो ८/९ वर्षयता नेपालमा बस्दै आएका थिए । गार्मेन्टमा सिलाइको काम गर्दै आएका उनी एक वर्षदेखि सफिया मियासहित स्वयम्भुमा बस्दै आएका थिए ।

परिवारका सदस्यसँग राम्रो सम्बन्ध नभएको हुँदा विवाहित भएपनि सफिना करिब १ वर्षदेखि इकरामुल हक भन्सारीसँग लिभिङ टुगेदरमा बस्दै आएको पाइएको छ । प्रहरीका अनुसार पछिल्लो समय इकरामले मदिरा सेवन गरेर दिनहुँ झगडा गर्ने गरेको खुलेको छ । कात्तिक महिनाको पहिलो हप्तातिर राति उनले मादक पदार्थ सेवन गरेर काठको आग्लोले हानेर सफिनालाई घाइते बनाएको पाइएको छ । प्रहरीले हत्यामा प्रयोग भएको ढोकामा लगाउने काठको आग्लो समेत बरामद गरेको छ । रिसले उनले सफिनाको मोबाइल समेत फुटाइदिएको पाइएको प्रहरीले जनाएको छ ।

त्यसै क्रममा शरीरको विभिन्न भागमा आग्लोले हानेर घाइते बनाएपछि घटना भएको दिन बिहान अन्दाजी ३/४ बजेतिर उनकै सलले बेरेर हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

घटनापछि शवलाई खाटमुनि लुकाएर उनी ढोकामा ताला लगाएर चाबी बाहिर निस्किने बाटोको झ्यांङमा फ्याँकेर निस्किएको प्रहरीको भनाइ छ । उनी पक्राउ परेपछि प्रहरीले कोठाको चाबी समेत बरामद गरेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक