१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मोबाइलमा कार्टुन हेर्दै गरेकी पाँच वर्षीय बालिकाको हृदयघातबाट मृत्यु !

८ माघ २०८०, सोमबार ११:०७

माघ ८, काठमाडौं | भारतको उत्तरप्रदेश राज्यको अमरोहामा मोबाइल हेर्दाहेर्दै पाँच वर्षीय एक बालिकाको मृत्यु भएको छ । हसनपुर क्षेत्रको हथियाखेडा गाउँ निवासी ती बालिका मोबाइलमा कार्टुन हेरिरहेकी थिइन् ।

मोबाइल अचानक हातबाट खसेर बालिका ढलेपछि परिवारजनले उनलाई गाउँकै एक चिकित्सककहाँ लगेका थिए । चिकित्सकले ती बालिकालाई मृत घोषित गरे ।


शनिबार बिहान ती बालिकाको अन्तिम संस्कार गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मृतक बालिकाकी आमालाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाए अनुसार ३० जनवरीमा ती बालिकाको पाँचौँ जन्मोत्सव मनाइएको थियो । बालिकाकी आमाका अनुसार उनकी छोरीलाई कुनै प्रकारको शारीरिक समस्या देखिएको थिएन । यद्यपि, पोस्टमार्टम नगरिएका कारण बालिकाको मृत्युको ठोस कारण यही नै हो भनेर किटान गर्न कठिन हुने मुख्य चिकित्सा अधिक्षक डा. सत्यपाल सिंहले जनाएका छन् । परिवारजनले सुनाएको विवरण अनुसार हृदयघातकै कारण मृत्यु भएको हुन सक्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक