१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

‘अगस्त्य’को नयाँ पोष्टरमा मलिका महतसँगै देखिए सौगात

८ माघ २०८०, सोमबार ११:२३

माघ ८, काठमाडौं | फागुनको १८ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘अगस्त्य च्याप्टर १’ को नयाँ पोस्टर सार्वजनिक भएको छ । टिजर रिलिजको ३ दिन अगाडि निर्माण पक्षले नायिका मलिका महतको लुक्ससहितको पोस्टर सार्वजनिक गरेको हो । चलचित्रमा मलिका ‘चाँदनी’को भूमिकामा देखिदैछिन् ।

चलचित्रमा उनको भूमिका के हो भन्ने बारे भने खुलाइएको छैन । सौरभ चौधरीको निर्देशनमा तयार भएको यो चलचित्रमा कलाकार तथा निर्देशक निश्चल बस्नेतको पनि मुख्य भूमिका छ ।

चलचित्रका मुख्य नायकद्धय सौगात मल्ल र नाजिर हुसेनको गेटअप सार्वजनिक भएपछि फिल्मको चर्चा चुलिएको थियो । चलचित्रले बक्स अफिसमा सुखद कमाई गर्ने निर्माण टिमको अपेक्षा छ ।

चलचित्रमा प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झा लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको चलचित्रमा प्रकाश मल्ल, अनिष तामाङ र विनोद पौडेलले लगानी गरेका छन । चलचित्रका कार्यकारी निर्माता भने विश्व गौचन र अभिषेक चौधरी हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक