२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

‘हनी ट्रयाप’मा युवती दोषी ठहर, ६ महिना कैद र ७ लाख बिगो भराउने फैसला

२०८०, ८ माघ सोमबार १२:१६

माघ ८, काठमाडौं | हनी ट्रयापको कसुरमा एक महिला दोषी ठहर भएकी छिन् । काठमाडौं जिल्ला अदालतले ओखलढुङ्गा स्थायी ठेगाना भएकी एक महिलालाई आपराधिक लाभको कसुरमा दोषी ठहर गरेको हो । 

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश श्यामलाल घिमिरेको इजलासले हनी ट्रयापको कसुरमा थुनामा रहेकी देवी थापालाई दोषी ठहर गरेको हो । देवी थापासँगै अर्का आरोपी सुदर्शन सापकोटालाई पनि दोषी ठहर गरिएको छ । 

काठमाडौंँ जिल्ला अदालतका सूचना अधिकारी सिपी पन्थीका अनुसार अदालतले आपराधिक लाभ लिने कार्यमा संलग्न युवती देवी थापालाई ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवानाको समेत फैसला भएको छ । थापाबाट पीडितलाई ७ लाख बिगो भराउने फैसलासमेत भएको छ । 


अर्का प्रतिवादी सुदर्शन सापकोटालाई ७ दिन कैद र १ हजार रुपैयाँ जरिवाना तथा पीडितलाई २ लाख बिगो भराउने फैसला भएको हो ।  काठमाडौं जिल्ला अदालतमा २०७८ मंसिर ६ गते दर्ता भएको आपराधिक लाभ (हनी ट्रयाप)को मुद्दामा अदालतले २ वर्षपछि फैसला सुनाएको हो ।

सुनकोशी गाउँपालिका १ बलखु, ओखलढुंगा माइती भएकी देवी थापालाई यसअघि काठमाडौं जिल्ला अदालतले ३ लाख ५० हजार रुपैयाँ धरौटी लिई तारेखमा राख्न आदेश दिएको थियो । थापाले धरौटी बुझाएपनि अन्य मुद्दामा दोषी ठहर भएपनि उनी जेलमै थिइन् । 

एक जुनियर प्रहरी अधिककृतलाई हनी ट्रयापमा पारी १७ लाख रकम असुल गरेपछि देवी थापा र सुदर्शन थापाविरुद्ध प्रहरीमा जाहेरी परेको थियो । सोही जाहेरीका आधारमा थापा २०७८ कात्तिक ९ गते नक्सालबाट पक्राउ परेकी थिइन् । 

हनी ट्रयापमा पारी विभिन्न पुरुषसँग आर्थिक लाभ लिएकोबारे रातोपाटीले समाचार प्रकाशन गरेको थियो । थापाले सिन्धुलीका एक ठेकेदारसँग ४५ लाख, प्रहरीका सईसँग १७ लाख, सहकारीमा काम गर्ने एक युवकसँग १३ लाख, ओखलढुङ्गाकै एक युवकसँग २ लाख २१ हजार रुपैयाँ लिएकी थिइन् ।

रकम लिई फिर्ता माग्दा देवी थापाले दिपेन्द्र थापाविरुद्ध काठमाडौं जिल्ला अदालतमै बलात्कारको मुद्दासमेत दिएकी थिइन् । सो मुद्दामा दीपेन्द्र थापाले सफाइ पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना