यस्तो रहने छ आजको मौसम !

Posted on: 23 Jan, 2024

माघ ९, काठमाडौँ | जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

अहिले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । साथै तराई–मधेश क्षेत्रका धेरै ठाउँमा हुस्सु तथा कुहिरो लागेको छ । मधेश प्रदेशका केही जिल्लामा शीतलहर समेत चलेको छ ।

दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको सम्भावना रहेको छ ।

राति कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने महाशाखाले जनाएको छ ।

देशका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहनुका साथै तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई सेवामा प्रभाव पर्न सक्ने जनाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!