१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

तीन प्रवेश पत्र सहित ट्रायल दिने एक पक्राउ

९ माघ २०८०, मंगलवार ०५:५१

माघ ९, काठमाडौँ | तीन प्रवेश पत्र सहित ट्रायल दिन आएका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

भक्तपुरको राधे राधे स्थित ‘ईजी वे ट्रायल सेन्टर’ बाट दुई पाङ्ग्रे सवारी साधनको प्रयोगात्मक परीक्षाका क्रममा तीन ओटा प्रवेश पत्र सहित सोमबार इलामको चुलाचुली-४ घर भई हाल काठमाडौंको थली बस्दै आएका १८ वर्षीय सिजन पुरीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो।

पुरीले पहिलो पटक परीक्षामा अनुत्तीर्ण भई पुनः दोस्रो पटक अर्कै नक्कली प्रवेश पत्र लिएर परीक्षामा सहभागी भएको र पुनः परीक्षामा अनुत्तीर्ण भएकोमा तेस्रो पटक पनि नक्कली प्रवेश पत्र लिएर सहभागी हुने क्रममा पुरीलाई नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए। 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवस्था कार्यालय भक्तपुरको संयुक्त टोलीले पुरीलाई नियन्त्रणमा लिएको थियो। पुरीलाई आवश्यक अनुसन्धानका लागी प्रहरी वृत्त ठिमीमा पठाइएको छ। 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएकाे छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक