१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बेहोस भएपछि अस्पताल पुर्‍याइएका ग्लेन म्याक्सवेलको घटनाबारे क्रिकेट अस्ट्रेलियाले अनुसन्धान गर्दै

९ माघ २०८०, मंगलवार ०७:५३

माघ ९, काठमाडौँ | क्रिकेट अस्ट्रेलियाले आफ्ना प्रभावशाली अलराउन्डर ग्लेन म्याक्सवेल संलग्न रहेको घटनाको विषयमा अनुसन्धान गरिरहेको जनाएको छ । सिड्नी मर्निङ हेराल्डका अनुसार, ३५ वर्षीय म्याक्सवेललाई लडेर बेहोस भएको अवस्थामा उपचारका लागि अस्पताल पु-याइएको थियो ।

समाचारमा जनाइए अनुसार, उक्त घटना जनवरी १९ तारिखमा एडलेइडमा भएको थियो । उनी एडलेइटमा भएको एउटा साङ्गीतिक कार्यक्रममा भएका थिए । सोही कार्यक्रमका क्रममा म्याक्सवेल बेहोर भएर लडेका थिए ।


म्याक्सवेलसँगै त्यो साङ्गीतिक कार्यक्रममा अस्ट्रेलियाका पूर्वक्रिकेटर ब्रेट ली र शेन ली पनि उपस्थिति थिए । यसका अतिरिक्त उनीहरूसँगै वेस्ट इन्डिजका केही खेलाडी पनि उक्त कार्यक्रममा सहभागी भएको दाबी समाचारमा गरिएको छ । म्याक्सवेलले मदिरा सेवन गरेको दाबी पनि गरिएको छ ।

म्याक्सवेल दिउँसो गल्फको एक कार्यक्रममा सहभागी भएर साङ्गीतिक कार्यक्रममा पुगेका थिए । वेस्ट इन्डिजविरुद्धको पछिल्लो एक दिवसीय खेलका लागि म्याक्सवेललाई टोलीमा समावेश गरिएको थिएन । ‘क्रिकेट अस्ट्रेलियाले उक्त घटनाको छानबिन गरिरहेको छ । म्याक्सवेल त्यहाँ कसरी पुगे भन्ने कुरा पनि हाम्रा लागि चासोको विषय बनेको छ,’ क्रिकेट अस्ट्रेलियाले मंगलबार भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक