१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

स्थानीय तहलाई संघीय सरकारको पत्र- आन्तरिक रोजगारीको विवरण उपलब्ध गराउनू

९ माघ २०८०, मंगलवार ०९:२३

माघ ९, काठमाडौँ | सरकारले सबै स्थानीय तहलाई आन्तरिक रोजगारको विवरण एक साताभित्र उपलब्ध गराउन परिपत्र गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत ७५३ वटै स्थानीय तहलाई परिपत्र गर्दै स्थानीय तहबाट गत आर्थिक वर्षमा रोजगारी सृजनासम्बन्धी सञ्चालन भएको आयोजना तथा कार्यक्रमको विवरण सात दिनभित्र उपलब्ध गराउन भनेको हो ।


आर्थिक वर्ष २०८१/८२ देखि ‘आन्तरिक रोजगार प्रवर्द्धन दशक’ का रूपमा अभियान सञ्चालन गर्ने, आन्तरिक रोजगार प्रवर्द्धन गर्ने निकायलाई पूर्ण जिम्मेवार बनाइ एकीकृत तवरले रोजगारमूलक क्रियाकलापको प्रवर्द्धन तथा विस्तार गर्ने, स्थानीय तह मातहतको रोजगार सेवा केन्द्रबाट एकीकृत श्रम तथा रोजगार सेवा प्रवाहका लागि नीतिगत तथा कानूनी आधार निर्माण गर्न विवरण मागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रधानमन्त्री रोजगार कार्यक्रममा कार्यरत उपसचिव बसन्त बोहोराले जानकारी दिए ।

उनका अनुसार रोजगारीको हकको संरक्षणसम्बन्धी काम कारबाहीको सञ्चालन, रेखदेख तथा निर्देशन गर्न गत पुस २२ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीको अध्यक्षतामा बसेको निर्देशक समितिको बैठकबाट सबै तहका निकायबाट रोजगारीको विवरण माग गर्ने निर्णय भएको मन्त्रालयको परिपत्रमा उल्लेख छ ।

मन्त्रालयले मागेको विवरणमा आयोजना सञ्चालन गर्ने निकाय, आयोजना तथा कार्यक्रमको नाम, विनियोजित बजेट, आयोजना कार्यक्रमको प्रगतिअन्तर्गत भौतिक प्रगति (रोजगारी संख्या) र वित्तीय प्रगति (खर्च), सीप विकास तालिमसम्बन्धी विवरणमा तालिम लिनेको संख्या, रोजगारीमा संलग्न व्यक्तिको संख्या र उद्यमशीलता तथा स्वरोजगारीमा संलग्न व्यक्तिको संख्या मागिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक