१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अब भिजिट भिसामा विदेश जान स्वघोषणा गर्नुपर्ने

९ माघ २०८०, मंगलवार १०:४३

माघ ९, काठमाडौँ | अब भिजिट भिसामा विदेश जानु परेमा अध्यागमन कार्यालयलाई स्व घोषणा गर्नुपर्ने  भएको छ । यसअघि जारी भएको गाइडलाइनलाई गृहमन्त्रीस्तरीय निर्णयबाट खारेज गरिदिएको छ । 

युएई, बहराइन, कुतेव, कतार, ओमान र साउदी अरेबियामा भिजिट भिसामा जाँदा स्व घोषणा फारम भर्नुपर्ने भएको हो ।

त्यसका लागि सम्बन्धित देशमा कम्तीमा ५ महिना म्याद भएको राहदानी अनिवार्य हुनुपर्नेछ । त्यस्तै गन्तव्य देशको भिसा हुनुपर्ने, दुईतर्फी हवाई टिकट भएको समेत स्वघोषणा गर्नुपर्नेछ ।

त्यस्तै भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाण वा होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ता भित्रको नाता खुल्ने नागरिकता तथा गैरसरकारी संस्थाको निमन्त्रणा पत्र समेत उल्लेख गर्नुपर्नेछ ।

त्यस्तै कम्तीमा ५०० अमेरिकी डलर बराबरको नगद सटही भएको प्रमाण नगद वा डेबिट/क्रेडिट कार्ड) र सो नभएमा सरकारी तथा गैरसरकारी संस्थाको निमन्त्रणापत्र आवश्यक पर्नेछ । भ्रमण बाहेक अन्य क्रियाकलापमा संलग्न हुने छैन भनि समेत घोषणा गरेको हुनुपर्नेछ ।

यसरी स्व घोषणा गरेको खण्डमा ती देशहरूमा जान पाइनेछ । यसअघि गृह मन्त्रालयले सचिवस्तरीय निर्णयबाट २५ फागुन २०७८ मा भिजिट वा पर्यटकीय भिसामा जानका लागि कडा मापदण्ड तय गरेको थियो । उक्त मापदण्ड अहिले खारेज गर्दै नयाँ ६ बुँदे कार्यविधि जारी गरेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक