१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आर्मीसँग एपिएफ हार्दा, बागमती गण्डकीसँग पराजित

९ माघ २०८०, मंगलवार ११:३०

माघ ९, काठमाडौँ | प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा विभागीय क्लब एपिएफ लगातार तेस्रो हारको सिकार भएको छ। त्यस्तै, अर्को खेलमा लगातार चार जितपछि बागमती गण्डकीसँग स्तब्ध बन्यो। एपिएफले सुरुवाती २ खेलमा जित निकाले पनि त्यसयता लगातार पराजित हुँदै आएको छ।

लुम्बिनीस्थित सिद्धार्थ रङ्गशालामा भएको खेलमा विभागीय क्लब एपिएफ पहिले ब्याटिङ गर्दै ३२.४ ओभरमा अलआउट हुँदै १ सय २१ रनमा समेटियो। एपिएफका लागि कप्तान रोहित पौडेलले ५९ रनको अर्धशतकीय इनिङ बनाउनु सर्वाधिक रह्यो। जवाफमा उक्त लक्ष्य आर्मीले ७५ बल बाँकी हुँदै ६ विकेट गुमाएर पुरा गर्‍यो।


एपिएफलाई सस्तैमा समेट्ने क्रममा आर्मीका सोमपाल कामीले ३ विकेट लिँदा अभिनास कर्णले २ तथा विवेक यादव, सहाव आलम र बसिर अहमदले समान १–१ विकेट लिएका थिए।

१ सय २२ रनको विजयी लक्ष्य लिएर मैदान उत्रिएको आर्मीका लागि विनोद भण्डारीले ३४ रनको नटआउट इनिङ खेले। त्यस्तै, कुशल मल्लले १९ तथा बसिर अहमेदले १८ रन बनाए। थप दोहोरो स्कोरका रुपमा इम्रान शेखले १६ तथा सन्तोष कार्कीले ११ रन बनाए। एपिएफका रमेश कुर्मीले २ विकेट लिएका थिए।

त्यस्तै, मंगलबार नै टियू मैदान कीर्तिपुरमा भएको खेलमा बागमती गण्डकी प्रदेशसँग पराजित भयो। पहिले ब्याटिङ गरेको बागमतीले ४९.१ ओभरमा अलआउट हुँदै १ सय ९८ रन बनाएको थियो।

उसका लागि आशुतोष घिरैयाले ४४ रन बनाउँदा इशान पाण्डेले ४३ रन बनाएका थिए। त्यस्तै, अशोक पौडेलले ३० तथा विपिन आचार्यले ३८ रन बनाए। गण्डकीका कमल परियारले ४ विकेट लिएका थिए।

१ सय ९९ रनको लक्ष्य पछ्याएको गण्डकी ४९.३ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो। गण्डकीको जितमा करन पंगेनीले ७९ रनको योगदान दिँदा ईश्वर क्षेत्रीले ३६ तथा समीर कँडेलले १९ रन बनाए। त्यस्तै, मुकेश थापाले २७ रन जोड्दा कमल परियारले २० रनको योगदान दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक