१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कानुनले काम गरेको भए ठूलाबडा नेताहरू जेलमा हुन्थेः चन्द्र भण्डारी

९ माघ २०८०, मंगलवार ११:४१

माघ ९, काठमाडौँ | नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले देशमा कानुनले काम गरेको भए ठूलाबडा कर्मचारी र नेताहरू जेलमा हुने टिप्पणी गरेका छन् ।

मंगलबार काठमाडौंमा नीलप्रसाद भण्डारी स्मृति पुरस्कार ग्रहण गर्दै भण्डारीले नेताहरूले अहिले मुलुक चलाउन नसकेको बताए ।


‘राजनीतिक पार्टीहरू आफ्नो–आफ्नो सुधार्ने हो भने मुलुक बन्न सक्छ । यो देशमा कानुनले काम गर्न सक्छ,’ भण्डारीले भने, ‘यो देशमा कानुनले काम गरेको भए ठूलाबडा कर्मचारीहरू, ठूलाबडा लामो समय राजनीति गरेकाहरू धेरैजसो जेलमा भेटिन्थे ।’

भाषण गर्नेहरूले आफ्नो पार्टी सुधार्ने हो भने मुलुक बन्न समय नलाग्ने भण्डारीको भनाइ छ । संवैधानिक निकायमा बसेका व्यक्ति र राजनीति गर्ने धेरै नेताहरू आफ्ना घर ठूलाठूला बनाउने र वरिपरि गरिब राखेर झुपडी बनाउने प्रवृत्तिका कारण मुलुक गरिब भएको उनको भनाइ छ ।

‘भाषण गर्नेहरूले पहिला आफ्नो पार्टीलाई सुधार्नुपर्छ । हाम्रा नेताहरूको विकासमा बुद्धि पुगेन । हाम्रा विज्ञहरू, हाम्रा संवैधानिक निकायमा बसेका व्यक्तिहरू र राजनीति गर्ने धेरै नेताहरू आफ्ना घर ठूलाठूला बनाउने, वरिपरि गरिब राख्ने र झुपडी बनाउने प्रवृत्तिले मुलुक गरिब भयो,’ भण्डारीले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक