२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुन तस्करका नाइके विमल पोद्दारको धन्दा हुण्डी र क्रिप्टोमा

२०८०, ९ माघ मंगलवार १२:१३

माघ ९, काठमाडौँ | सुन तस्करीका नाइके भारतीय नागरिक विमल पोद्दार अवैध हुण्डी र क्रिप्टोको धन्दामा संलग्न भएको खुलेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको हुण्डीको अनुसन्धानमा पोद्दारको संलग्नता खुलेको हो।

सुन तस्करीका नाइकेमध्येका एक चुणमणि उप्रेती ‘गोरे’ समूहमा आबद्ध भएर सुन तस्करी गरेका पोद्दार पछिल्लो समय हुण्डी र क्रिप्टोको धन्दामा लागेका हुन्। गोरे समूहमार्फत् ३८ क्वीन्टल सुन तस्करी भएको प्रकरणमा २०७५ सालमा पोद्दार समेत प्रतिवादी थिए। मोरङ अदालतले पोद्दारलाई पुर्पक्षमा पठाएको थियो। पछि उनी उच्च अदालतबाट १० लाख धरौटीमा रिहा भएका थिए।

पछि जिल्ला अदालत मोरङले उनलाई सफाइ दिएको थियो। जिल्ला अदालत मोरङको उक्त फैसलाविरुद्ध सरकारी वकिल कार्यालय उच्च अदालत विराटनगर पुगेको थियो। अहिले उक्त मुद्दा उच्च अदालत विराटनगरमा विचाराधीन छ। पोद्दारलाई सम्पत्ति शुद्धीकरण विभागलेसमेत छानबिन गरे पनि उनले पुहँचको आधारमा उनीविरुद्ध मुद्दा दर्ता नभएको जानकारहरु बताउँछन्।

काठमाडौंको डिल्लीबजारमा रहेको द एड्रेस लाउन्जका सञ्चालकसमेत रहेका पोद्दार भने अहिले फरार छन्। काठमाडौंको बागबजारका रुपेश श्रेष्ठलाई पक्राउ गरेर सुरु गरेको अनुसन्धानले यो प्रकरणमा पोद्दारकोसमेत संलग्नता खुलेको थियो।


गत मंसिर २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १४ किलो सुन तस्करीमा पक्राउ परेका चन्द्र घले र मीनकुमार घलेकोसमेत पोद्दारसँग कनेक्सन देखिएको थियो।

सीआईबीको अनुसन्धानमासमेत घलेले पोद्दारसँग मिलेर सुन तस्करी गरेको भन्दै बयानसमेत दिएका थिए। घले समूहले नेपालमा पछिल्लो १० वर्षदेखि सुन तस्करी गर्दै आएको अनुसन्धानबाट खुलेको थियो।

घले समूहमै रहेर सुन तस्करी गरेका डीबी (दानबहादुर) गुरुङ र जोन (जीवनकुमार) गुरुङसँगसमेत पोद्दारको संलग्न्ता देखिएको थियो। जसकारण पोद्दार हुण्डी र क्रिपटोमार्फत् नभई अझै सुन तस्करीमासमेत संलग्न हुनसक्ने देखिएको सीआईबी स्रोत बताउँछ।

सुन तस्करीको पैसासमेत उनीहरूले हुन्डी र क्रिप्टोमार्फत् विदेशमा लेनदेन गरेको हुन सक्ने प्रहरीका अनुसन्धान अधिकारी बताउँछन्।

पोद्दारले मात्रै गरे क्रिप्टोमार्फत् २ अर्ब ३१ करोडको कारोबार

सीआईबीको अनुसन्धानले फरार रहेहका विमल फोद्दारले मात्रै क्रिप्टोका दुई वटा फरक–फरक आईडीमार्फत् दुई अर्ब ३१ करोड २६ लाख ४२ हजारभन्दा बढीको कारोबार गरेको देखिएको छ।

सीआईबीले दिएको जानकारी अनुसार उनले एउटा आईडीबाट १० करोड ४ लाख ९६ हजार २७० अमेरिकी डलर (एक अर्ब ३९ करोड ६३ लाख ५९ हजार ७ सय ३३ रुपैयाँ) र अर्को आईडीबाट ६८ लाख ८७ हजार ५९२ अमेरिकी डलर ( ९१ करोड ६२ लाख ८३ हजार २ सय २५ रुपैयाँ)को कारोबार क्रिप्टोमार्फत् गरेको देखिएको हो। 

पोद्दारले पक्राउ परेका रुपेश श्रेष्ठसँग ह्वाट्सएपमा क्रिप्टोका दुईवटा वालेट एड्रेस पठाउन लगाएर कारोबार गरेका थिए। पोद्दारले अमेरिकादेखि नेपाल र भारतसम्म अन्तरेदेशीय सञ्जाल विस्तार गरी संगठित रुपमा क्रिप्टोमार्फत् हुण्डीको कारोबार गरेको सीआईबीले जनाएको छ।

एकै परिवारका पाँच जना हुण्डी र क्रिप्टोमा

हुण्डी र क्रिप्टोमा पोद्दारसहित १७ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाइएको छ। जसमध्ये एकै परिवारका पाँच जनाको संलग्नता देखिएको सीआईबीले खुलाएको छ। रुपेश, उनकी श्रीमती रचना शर्मा, भाइ दिपेश श्रेष्ठ, भान्जा अंशुल श्रेष्ठलाई प्रतिवादी बनाइएको छ।

अर्का भान्जा आयुष श्रेष्ठकोसमेत कारोबारमा संलग्नता पुष्टि भए पनि ठेगाना प्रस्ट हुन नसकेको भन्दै उनलाई प्रतिवादी बनाइएको छैन। ठेगाना खुलेका बखत प्रतिवादी बनाउने भन्दै अन्यलाई मुद्दा चलाइएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना