१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुन तस्करका नाइके विमल पोद्दारको धन्दा हुण्डी र क्रिप्टोमा

९ माघ २०८०, मंगलवार १२:१३

माघ ९, काठमाडौँ | सुन तस्करीका नाइके भारतीय नागरिक विमल पोद्दार अवैध हुण्डी र क्रिप्टोको धन्दामा संलग्न भएको खुलेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको हुण्डीको अनुसन्धानमा पोद्दारको संलग्नता खुलेको हो।

सुन तस्करीका नाइकेमध्येका एक चुणमणि उप्रेती ‘गोरे’ समूहमा आबद्ध भएर सुन तस्करी गरेका पोद्दार पछिल्लो समय हुण्डी र क्रिप्टोको धन्दामा लागेका हुन्। गोरे समूहमार्फत् ३८ क्वीन्टल सुन तस्करी भएको प्रकरणमा २०७५ सालमा पोद्दार समेत प्रतिवादी थिए। मोरङ अदालतले पोद्दारलाई पुर्पक्षमा पठाएको थियो। पछि उनी उच्च अदालतबाट १० लाख धरौटीमा रिहा भएका थिए।

पछि जिल्ला अदालत मोरङले उनलाई सफाइ दिएको थियो। जिल्ला अदालत मोरङको उक्त फैसलाविरुद्ध सरकारी वकिल कार्यालय उच्च अदालत विराटनगर पुगेको थियो। अहिले उक्त मुद्दा उच्च अदालत विराटनगरमा विचाराधीन छ। पोद्दारलाई सम्पत्ति शुद्धीकरण विभागलेसमेत छानबिन गरे पनि उनले पुहँचको आधारमा उनीविरुद्ध मुद्दा दर्ता नभएको जानकारहरु बताउँछन्।

काठमाडौंको डिल्लीबजारमा रहेको द एड्रेस लाउन्जका सञ्चालकसमेत रहेका पोद्दार भने अहिले फरार छन्। काठमाडौंको बागबजारका रुपेश श्रेष्ठलाई पक्राउ गरेर सुरु गरेको अनुसन्धानले यो प्रकरणमा पोद्दारकोसमेत संलग्नता खुलेको थियो।


गत मंसिर २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १४ किलो सुन तस्करीमा पक्राउ परेका चन्द्र घले र मीनकुमार घलेकोसमेत पोद्दारसँग कनेक्सन देखिएको थियो।

सीआईबीको अनुसन्धानमासमेत घलेले पोद्दारसँग मिलेर सुन तस्करी गरेको भन्दै बयानसमेत दिएका थिए। घले समूहले नेपालमा पछिल्लो १० वर्षदेखि सुन तस्करी गर्दै आएको अनुसन्धानबाट खुलेको थियो।

घले समूहमै रहेर सुन तस्करी गरेका डीबी (दानबहादुर) गुरुङ र जोन (जीवनकुमार) गुरुङसँगसमेत पोद्दारको संलग्न्ता देखिएको थियो। जसकारण पोद्दार हुण्डी र क्रिपटोमार्फत् नभई अझै सुन तस्करीमासमेत संलग्न हुनसक्ने देखिएको सीआईबी स्रोत बताउँछ।

सुन तस्करीको पैसासमेत उनीहरूले हुन्डी र क्रिप्टोमार्फत् विदेशमा लेनदेन गरेको हुन सक्ने प्रहरीका अनुसन्धान अधिकारी बताउँछन्।

पोद्दारले मात्रै गरे क्रिप्टोमार्फत् २ अर्ब ३१ करोडको कारोबार

सीआईबीको अनुसन्धानले फरार रहेहका विमल फोद्दारले मात्रै क्रिप्टोका दुई वटा फरक–फरक आईडीमार्फत् दुई अर्ब ३१ करोड २६ लाख ४२ हजारभन्दा बढीको कारोबार गरेको देखिएको छ।

सीआईबीले दिएको जानकारी अनुसार उनले एउटा आईडीबाट १० करोड ४ लाख ९६ हजार २७० अमेरिकी डलर (एक अर्ब ३९ करोड ६३ लाख ५९ हजार ७ सय ३३ रुपैयाँ) र अर्को आईडीबाट ६८ लाख ८७ हजार ५९२ अमेरिकी डलर ( ९१ करोड ६२ लाख ८३ हजार २ सय २५ रुपैयाँ)को कारोबार क्रिप्टोमार्फत् गरेको देखिएको हो। 

पोद्दारले पक्राउ परेका रुपेश श्रेष्ठसँग ह्वाट्सएपमा क्रिप्टोका दुईवटा वालेट एड्रेस पठाउन लगाएर कारोबार गरेका थिए। पोद्दारले अमेरिकादेखि नेपाल र भारतसम्म अन्तरेदेशीय सञ्जाल विस्तार गरी संगठित रुपमा क्रिप्टोमार्फत् हुण्डीको कारोबार गरेको सीआईबीले जनाएको छ।

एकै परिवारका पाँच जना हुण्डी र क्रिप्टोमा

हुण्डी र क्रिप्टोमा पोद्दारसहित १७ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाइएको छ। जसमध्ये एकै परिवारका पाँच जनाको संलग्नता देखिएको सीआईबीले खुलाएको छ। रुपेश, उनकी श्रीमती रचना शर्मा, भाइ दिपेश श्रेष्ठ, भान्जा अंशुल श्रेष्ठलाई प्रतिवादी बनाइएको छ।

अर्का भान्जा आयुष श्रेष्ठकोसमेत कारोबारमा संलग्नता पुष्टि भए पनि ठेगाना प्रस्ट हुन नसकेको भन्दै उनलाई प्रतिवादी बनाइएको छैन। ठेगाना खुलेका बखत प्रतिवादी बनाउने भन्दै अन्यलाई मुद्दा चलाइएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक