२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अनौठो प्रतिस्पर्धा: एक महिनासम्म फोन नछुनेलाई १३ लाख ३३ हजार पुरस्कार

२०८०, १० माघ बुधबार ११:४३

माघ १०, काठमाडौँ | पछिल्लो समय विश्वभर अनौठा अनौठा प्रतिस्पर्धा भइरहेका छन् । हालै मात्र अमेरिकी दही ब्रान्ड सिग्गी डेरीले नयाँ खाले प्रतिस्पर्धाको घोषणा गरेको छ । मानिसहरूमा जति बेला पनि मोबाइल र स्क्रिनमा टाँसिएर बसिरहने बानी विकास भइरहेको बेलामा यो प्रतिस्पर्धा सबैलाई जरुरी हुनसक्छ ।

प्रतिस्पर्धामा सहभागीहरूले एक महिनासम्म मोबाइल फोनसँग सम्बन्ध विच्छेद गरेर बस्नुपर्नेछ । यसको भाग्यशाली विजेताले १० हजार डलर अर्थात १३ लाख ३३ हजार नेपाली रुपैयाँ पाउँनेछन् ।


सिग्गीले यो प्रतिस्पर्धाको नाम ‘डिजिटल डिटक्स प्रोग्राम’ राखेको छ । यस प्रतियोगितामा एक महिनाका लागि प्रतियोगीहरूले मोबाइल फोनसँग टाढिएर बस्नुपर्नेछ । यस्तो गर्न सक्ने मध्ये १० भाग्यशाली विजेतालाई छानेर यो पुरस्कार दिइनेछ । ‘ड्राई जनवरी’ अर्थात् जनवरी महिनाभरि नै रक्सी छुँदै नछुने अभियानबाट प्रेरित भएर कम्पनीले यो प्रतिस्पर्धा गर्न लागेको हो ।

प्रतिस्पर्धामा सहभागिताका लागि छानिएका व्यक्तिहरूले आफ्नो स्मार्टफोनलाई एउटा बाकसमा सुरक्षित रूपमा राखेर एक महिनासम्म एनालग जीवन बिताउनेछन् । डिजिटल ब्रेकको बदलामा विजेताहरूले आकस्मिक समयका लागि भने प्रिपेड सिम कार्ड, एउटा दोबार्न मिल्ने फोन दिइनेछ ।

विजेताहरूले यी पुरस्कारको साथमा तीन महिनासम्म निःशुल्क रूपमा सिग्गी दही पनि पाउनेछन् । यो वर्ष आफूहरूले नयाँ खालको ‘ड्राई जनवरी’ प्रस्तुत गर्न थालेको कम्पनीले प्रतियोगिताको घोषणा गर्ने क्रममा आफ्नो वेबसाइटमा भनेको छ । यसमा एक महिनासम्म जाँड रक्सीबाट टाढा रहनुको सट्टा स्मार्टफोनलाई नछुने चुनौती दिइनेछ ।

कमभन्दा कम डिस्ट्र्याक्सनको साथमा जीवन जिउने शक्तिमा हाम्रो विश्वास छ’ वेबसाइटमा भनिएको छ । यो प्रतिस्पर्धामा सहभागिता जनाउन चाहनेहरूले जनवरी ३१ सम्ममा आवेदन दिन सक्नेछन् । डिजिटल लाइफबाट पूरै छुट्टी सकाएर पुरस्कार राशि जित्न तयार भएकाहरूले सिग्गीको वेबसाइटमा आवेदन दिन सक्ने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द